Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्यपूर्वी राज्य केन्टकीमा एक प्रशिक्षण अभियानका क्रममा दुर्घटनाग्रस्त हुँदा नौ सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । अमेरिकी सैन्य विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल एन्थोनी होफ्लरले बुधबार राति भएको ब्ल्याकहक हेलिकोप्टर दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन् । अमेरिकी सेनाका दुई वटा हेलिकप्टर केन्टकीमा दुर्घटनाग्रस्त भएका हुन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ । घटना लगत्तै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका केन्टकीका गभर्नर एन्डी वेशियरले बताए ।

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट शसक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगर तर्फको उपाध्यक्षमा दाबेदारी दिएको बताएका हुन् । “यो क्षेत्रको नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,” श्रेष्ठले भने । हाल महासंघको जिल्ला नगरतर्फको उपाध्यक्ष रहेका श्रेष्ठले फेरी यथावत स्थानमै उम्मेदवारी किन भन्ने सबैको जिज्ञासा आफ्नो…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका नेतासमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस छाडेका छन्। उनले कांग्रेसबाट अलग भएको औपचारिक घोषणा गर्दै बलियो वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन्। यस्तो छ वाग्लेको भनाइ: नेपाली कांग्रेसबाट अलग भएको घोषणा वि.सं. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु। त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ। विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिउँसोसम्म सबै दलले मन्त्रीको नाम बुझाउने तयारी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज बिहान बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका छन् । दलहरूले पाउने मन्त्रालय संख्याबारे सहमति जुटिसकेको भए पनि कुन मन्त्रालय कुन दलले लिने भन्नेमा दलहरू सहमतिमा पुग्न सकेका छैनन्। यो विषयमा पनि आज दिउँसो कै बैठकमा निर्णय हुने जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘टुंगिएका पार्टीहरू आउनु परेन नटुंगिएका पार्टी फेरि बस्ने भनेका छन् । सबै पार्टीले आफ्नो प्रक्रियाबाट टुंगो लगाए । संस्थागत निर्णय गरेर नाम दिए…

Read More

काठमाडौँ: नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने भएको छ । बुधवार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘तीन वटा मन्त्रालय हामीले पाउनुपर्छ भनेका छौँ, अहिले तीन वटा मन्त्रालय पाउने निश्चित नभएको र मन्त्रालयको पनि टुङ्गो नलागेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसेका छौ’बैठकपछि खतिवडाले भने, ‘जवाफ आएपछि जुनसुकै बेला निर्णय गर्छौ ।’ उनले प्रधानमन्त्रीले एक जनाको नाम मागे पनि आफूहरूलाई तीन वटा मन्त्रालय नदिएसम्म नाम डिस्क्लोज नगर्ने बताए । यद्यपि नेकपा समाजवादीले डा. बेदुराम भुसाल, प्रकाश जवाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने यसअघि नै…

Read More

काठमाडौं: ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थी माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्न ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुसार हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको एघारौं संस्करण बैंकले चैत ६ देखि १२ गतेसम्म साताव्यापी प्लान योर मनि, प्लान्ट योर फ्यूचरको नारासहित सम्पन्न गरेको जनाएको छ। बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको जनाएको छ। अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजार लगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ। जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक…

Read More

काठमाडौं: कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको मंगलबार सम्पन्न वार्षिक साधरणसभाले लाभांश पारित गरेको हो । बैंकको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । यस्तै, सभामार्फत बैंकको संचालक समितिमा समूह (ख) सर्वसाधरण सेयरधनीहरुको तर्फबाट ३ (तीन) जना संचालक सदस्य क्रमशः गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, र विनोद कुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । कृषि विकास बैंकले देशभर रहेको २८० वटा शाखाहरुबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

Read More

काठमाडौँ: स्थानिय बजारमा छापावाला सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । तीन दिन लगातार घटेको सुन बुधबार भने बढेको हो । मंगलबार १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार ५ सय रुपैयाँले बढेर १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन हिजो १ लाख ७ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज १० रुपैयाँले वृद्धि भएको छ । हिजो १ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर…

Read More

काठमाडौँ: मन्त्रालय भागबन्डाका विषयमा छलफल गर्न बालुवाटारमा सत्तारुढ १० दलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि सत्ता गठबन्धनको बैठक सुरु भएको हो। हिजो साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनका दलबीच पुनः आज बिहानैदेखि छलफल भइरहेको हो। सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। हिजोको छलफलमा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३/३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेका छन्। आजको बैठकमा हिजोको बैठकमा वितरित सरकारको साझा न्यूनतम कार्यक्रमबारे पनि छलफल हुने नेताहरुले बताएका छन्।

Read More

काठमाडौँ: प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Read More