Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
- रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
- बजेट कार्यान्वयनमा तत्काल जुट्न मन्त्री श्रेष्ठको प्राधिकरणलाई निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: के तपाइको सवारी चालक अनुमतिपत्रको म्याद समाप्त भएर नवीकरण गर्न भ्याउनुभएको छैन भने छिटो गर्नुहोस् । म्याद समाप्त भएको लाइसेन्स नवीकरण मंसिर महिनाभित्रै गरेमा जरिवाना नलाग्ने भएको छ । कोरोना भाइरस संक्रमण र यसबीचमा परेको चाडवाडका कारण मंसीरमसान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना नलिने निर्णय गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको थियो । सोही निर्णय बमोजिम नवीकरणमा जरिवाना नलाग्ने भएको हो ।
काठमाडौँ: नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) लाई लागि ४ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्र बिक्री गर्न बोर्डले मंसिर १८ गते बैंकलाई अनुमति दिएको हो । ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ ऋणपत्रमा लगानीकर्ताले ८.५० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा पाउनेछन् । बैंकले निष्काशनमा ल्याउने ४० लाख कित्ता ऋणपत्रमध्ये प्रतिइकाई एक हजार रुपैयाँको दरमा १६ लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि बिक्री गर्नेछ भने २४ लाख कित्ता (६० प्रतिशत) प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैँले संघ संस्थालाई बिक्री गर्नेछ । नेपाल राष्ट्र…
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ थियो । पछिल्लो २४ घण्टामा थप १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २७ हजार ४३३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।…
काठमाडौं: साताको दोस्रो दिन सोमबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलव ३९ अंकमा पुगेको छ । यसअघिको कारोबार आइतबार १२३ अंकले नेप्से परिसूचक घटेको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ । तर कारोबार हुने कम्पनीको संख्या भने बढेको छ । आइतबार १९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार भने २०६ कम्पनीको ६ अर्ब ६६ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । ६० हजार ५५ वटा कारोबारबाट १ करोड १९ लाख २०…
काठमाडौँ: एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा तामाङलाई पक्राउ गरिएको कोटेश्वर प्रभागका इन्सपेक्टर राजन लामाले बताए । ‘बैंकको एटीएम मेसिन आधा फुटाएको र अन्य भाग फुटाउँदै गरेको अवस्थामा तामाङ पक्राउ परेका हुन्,’ इन्सपेक्टर लामाले भने । इन्सपेक्टर तामाङका अनुसार उनले रकम निकाल्न भने सकेका…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। भोली मंगलबार बिहान ११ बजे बस्ने गरी सो बैठक बोलाइएको हो। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। ‘यो बेला बेला हुँदै आएको हो। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो,’ डा. भट्टराईले भने। यसअघि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति कायम गर्नका लागि यस्तै बैठक आह्वान गरिएको थियो।
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत दिएको भन्दै खुसी व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताए । पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनरसंरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसदमा छलफल भइरहेको छ । संसदबाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे । नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले पछिल्ले पटक सकारात्मक स्टेटमेन्ट…
काठमाडौँ: नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो । टेलिकमका प्रवक्ता राजेश जोशीले सिममार्फत शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सकिने जानकारी दिए । उनले समुहमा आवद्ध सबै विद्यार्थी र शिक्षकले एकआपसमा असीमित कुराकानी गर्न समेत सुबिधा रहेको बताए । उनका अनुसार उक्त सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने शुल्क ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अनुसार स्थानीय…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन् । त्यसका लागि प्रम ओलीले आफू निकटका नेताहरुसँग परामर्श थालेका छन् । ‘राष्ट्रिय रुपमा उठेका विषयहरुमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने गृहकार्य भइरहेको छ ’, प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘कहिले बोलाउने भन्ने समय फिक्स भएको छैन । तर एकदुई दिनभित्रै हुन्छ होला ।’ नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला सर्वदलीय बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री रहेको पुष्टि गरे । उनले बैठकमा छलफलका एजेण्डाबारे औपचारिक रुपमा थाहा भैनसकेको भन्दै राष्ट्रिय विषयमा नै छलफल हुनसक्ने बताए ।
काठमाडौं: काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याइँदै गरेको उच्च स्रोतले जानकारी दिएको छ । उनलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ । ०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् । प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो । संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२…