Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

मकवानपुर: हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाइते भएका छन् । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस दुर्घटनामा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौलीको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका गौलीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । तीव्रगतिका कारण बस पल्टिएर दुर्घटना भएको बताइएको छ । घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै जनता समाजवादी पार्टी (जसपा) ले शनिबार विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रहरी हस्तक्षेपकाबीच शनिबार जसपाले राजधानीमा मसाल जुलुस निकालेको हो । सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक कदम’विरुद्ध मसाल जुलुस निकालिएको जसपाले जनाएको छ । बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तपक्षेप गरेको थियो । सो क्रममा प्रहरी र जसपाका कार्यकर्ताबीच झडप समेत भएको थियो । यसैबीच जसपाका नेता तथा कार्यकर्ताहरुले सप्तरीमा पनि वरोध प्रदर्शन गरेका छन् । संसद विघटनको विरोधमा स्थानीय शिवमन्दिर प्राङणबाट मसाल जुलुससहित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्को नाराबाजी…

Read More

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि २०७२ पुस १२ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना गरियो । भूकम्प अतिप्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लाका निजी आवास, सांस्कृतिक धरोहर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक र खानेपानी संरचनालगायत पुनःनिर्माणको चुनौती प्राधिकरणसँग थियो । प्राधिकरण स्थापना भएपछि निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, पुरातात्विक महत्वका सम्पदा लगायत संरचना पुनःनिर्माण भइरहेको छ । प्राधिकरणले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन २०७२ अनुसार काम गरिरहेको छ । ऐनअनुसार पाँच वर्षमा पुनःनिर्माणका काम नसकिएपछि प्राधिकरणको म्याद यही पुस १० गतेदेखि लागू हुने गरी एक वर्ष थप गर्ने निर्णय…

Read More

काठमाडौं: नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले केपी ओलीले निरंकुश शासक झैं मन्त्रिपरिषदको बिस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै उनले ओलीले आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्मादन आफैं पर्दाफास गरेको उल्लेख गरेका छन्। देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई संविधान र लोकतन्त्रको खिल्ली उडाएको उनको टिप्पणी छ।

Read More

काठमाडौं: प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा आज विहान भएको भेटमा वामदेवलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरेका छन् । वामदेवले भने आफू नेकपा एकीकरणको पक्षमा रहेको बताएका छन् । उनले आफू नेकपा एकीकरणको प्रयासमा रहेको बताएका वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजन भएर आ–आफ्नै पार्टी कमिटी गठन गरे पनि वामदेव भने अहिलेसम्म कुनै पनि समूहमा छैनन् ।

Read More

चितवन: केपी शर्मा ओली पक्षले चितवनको नेकपा पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड–नेपाल पक्षका नेताहरूले आधा घण्टामै फोडेका छन्। जिल्ला इन्चार्ज कृष्ण खनाल, अध्यक्ष यमबहादुर परियारसहित जिल्ला सचिवालयका पदाधिकारी गएर ताला लगाएको केही बेरमै फोडेको चितवन जिल्ला प्रचार विभाग प्रमुख रामचन्द्र अधिकारीले बताए। ‘औपचारिक रुपमा पार्टी विभाजन नभएको र निर्वाचन आयोगले चिन्ह र पार्टीको आधिकारिक नाम छुट्याइ नसकेको बेला यसरी पार्टी कार्यालयमा ताला लगाउनु अराजकताको पाराकष्ट हो’, अधिकारीले भने, ‘यस्तो अस्वस्थ व्यवहारले राम्रो गर्दैन।’ उनले पार्टी कार्यालय कब्जा गर्ने नियत नै गलत भएको बताए। शनिबार बिहान चितवन पार्टी कार्यालयमा ओली पक्षका केही युवा नेताहरू गएर कार्यालयमा ताला लगाएका थिए। १५५…

Read More

काठमाडौँ: नेपालमा राजनीति घटनाक्रम तीव्र रुपमा विकास भइरहेका बेला नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा परामर्शमा लागि दिल्ली उडेका छन्। विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार राजदूत क्वात्रा शनिबार बिहान साढे ११ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हुन्। पछिल्लो १५ दिनको अवधिमा राजदूत क्वात्रा दोस्रो पटक दिल्ली उडेका हुन्। ‘१५ दिनअघि मात्रै क्वात्रा नेपालसम्बन्धी अन्तरिक छलफलमा भाग लिन दिल्ली पुगेका थिए। अहिले पनि नेपालमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न जान लागेका हुन्’, स्रोतले भन्यो। दुई साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य उच्च सरकारी अधिकारी, नेपालका लागि पूर्व भारतीय राजदूतहरु, थिंक ट्याङकका प्रतिनिधिबीच…

Read More

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् । शिनबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका दिएका हुन् । प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा सहभागिताका लागि सभापति देउवाले सबैलाई आग्रह गरेका छन् । उनले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएको समेत प्रष्ट्याएका छन् । पार्टी निर्णअनुसार कांग्रेसको ध्यान प्रदर्शनमा रहेको देउवाले बताएका छन् ।

Read More

काठमाडौँ: मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ वालुवाटारमा बसेको मन्त्रिपरिषद् हेरफेरपछिको बैठकले यस्तो निर्णय गरेको हो। असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर दुई वटा पार्टी बने लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने तय भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा आइतबार नेपाल आइपुग्ने टोलीले खासगरी नेकपाको विभाजनका कारण खोतल्ने बुझिएको छ। नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीनका लागि प्रतिनिधि सभा भंग भएर पार्टी नै विभाजित भएको घटनाले अप्ठेरो अवस्था सिर्जना भएको छ। पूर्वएमाले र पूर्वमाओवादी एक भएर करिब तीन वर्षदेखि सञ्चालन गर्ने क्रममा नेकपाभित्र पटक पटक विवाद देखिएपनि पार्टी विभाजनसम्म पुगेर नेपालमा फेरि अस्थिरता सिर्जना…

Read More