Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई मन्त्रिपरिषद्‌ले स्वीकृति दिने निर्णय गरेको छ । विधेयकमा विशेषगरी विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्थाहरु प्रस्ताव गरिएको एक मन्त्रीले बताए । नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्थाहरु गरिएको ती मन्त्रीले बताए । पहिलो, कुनै सन्तानको कुनै पनि किसिमको प्रमाणपत्रमा बाबुको नाम उल्लेख छ तर बाबु सम्पर्कमा छैन वा पहिचान भेटिएको छैन भने त्यसरी नागरिकता नपाएका सन्तानलाई बाबुको पहिचान नभएको मानेर नागरिकता दिनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । त्यस्तै, आमा देशबाहिर गएका बखत जन्मेका बच्चाहरुलाई बाबुको पहिचान भए त्यसका आधारमा र पहिचान नभए पनि आमाको नामको नागरिकताका आधारमा नागरिकता…

Read More

काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिनुभयो ।‘भुक्तानी योग्य रकमको भुक्तानी प्रकृया निरन्तर जारी रहन्छ । तर सरकार र निर्माण व्यवसायी दुवै कानुन अनुसार चल्नुपर्छ’-उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो-‘भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरुले सरकारलाई बुझाउनु पर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नु हुँदैन ।‘अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले संघीय सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायीहरुलाई कुल २८ अर्ब ८९ करोड…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको पाच अर्थात मंसिर महिनामा मात्रै एक खर्ब १८ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स स्वदेश भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह कात्तिक महिनाको तुलनामा ४ अर्बले धेरै हो । चालु आर्थिक वर्षको चौथो महिना अर्थात कात्तिक महिनामा एक खर्ब १४ अर्ब रेमिट्यान्स भित्रिएको थियो । चालु आवको मंसिरसम्मको विप्रेषण आप्रवाह भने ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको मङ्सिरसम्ममा निर्यात तथा रेमिट्यान्समा आएको सुधारले शोधनान्तर स्थिति उल्लेख सकारात्मक भएको छ । सो अवधिमा निर्यात १६ प्रतिशत, रेमिट्यान्स साढे ४ प्रतिशतले बढेपछि शोधनान्तर स्थिति २ खर्ब २५ अर्बले बचतमा पुग्न सहयोग पुगेको हो । चालु आर्थिक वर्षको मङ्सिरसम्ममा कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भई ७३ अर्ब ६६ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी सो अवधिमा कुल वस्तु आयात ३.० प्रतिशतले वृद्धि भई ६६१ अर्ब ४९ करोड पुगेको छ । निर्यात बढेसँगै आयतमा देखिएको सुस्तताले पनि शोधनान्तर बचत बढ्नमा सहयोग पुगेको छ । चालु आवको मङ्सिरसम्ममा चालु खाता १४० अर्ब ७१ करोडले…

Read More

काठमाडौँ: सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको हो । लामिछानेसँग अदालतले ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग भने ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । यस्तै, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमुक्त हुने भएपछि समर्थकहरूमा खुशी छाएको छ । अदालत बाहिर रास्वपा कार्यकर्ताहरूले खुशी मनाउन थालेका छन् । आज आदेश आउने भएपछि दिउँसैदेखि रास्वपा नेता कार्यकर्ताको अदालत परिसरमा चहलपहल बढेको थियो । आदेश सुनाउन बेलामा अदालत बाहिर दर्जनौ संख्यामा नेता-कार्यकर्ताको उपस्थिति रहेको छ । पार्टी उपसभापति डिपी अर्याल, सांसद सोभिता गौतम, प्रवक्ता मनिष झा, हरि ढकाललगायतका नेता अदालत बाहिर छन् । अहिले नेता कार्यकर्ताले रवि लामिछानेको समर्थनमा नारावाजी गरिरहेका छन् । उनीहरूले रवि दाइ हाइ हाइ । यो जित कसको जनताको । रवि दाइ कस्तो जनताको जस्ता नारा लगाएका छन् ।

Read More

काठमाडौँ: कास्की जिल्ला अदालतले छविलाल जोशी बन्जाडेसँग ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा डीआईजीसमेत रहेका जोशीलाई धरौटीमा रिहा गर्न आदेश भएको हो। जोशी रवि लामिछानेका व्यापारिक साझेदार हुन्। सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको छ। छविलाई गत असोज ६ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो।

Read More

काठमाडौँ: कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरेको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि गलत ढङ्गले मुद्दा लगाइएको भन्दै न्यायलयबाट स्वतन्त्र र निष्पक्ष आदेश हुनु पर्ने माग गरेका छन् । बिहीबार कास्की जिल्ला अदालतमा थुनछेक बहसको आदेश हुनु अघि प्रतिवादीलाई बोल्न न्यायाधीश नितिज राईले समय दिएका थिए । सो क्रममा ५ मिनेट समय पाएर बोलेका लामिछानेले आफूलाई सरकारले प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दे न्यायको माग गरे । ‘सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो, न्याय पाउँ श्रीमान्’ लामिछानेको भनाई उदृत गर्दै स्रोतले सिधाकुरासँग भन्यो । सहकारी पीडितको पक्षमा काम गर्दा गर्दै र सहकारी समस्या समाधानका लागि काम गरिरहेको अवस्थामा आफूमाथि अन्यायपूर्ण ढङ्गबाट मुद्दा दायर गरिएको लामिछानेले न्यायाधीश…

Read More

काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच भनाभन भएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । सो क्रममा भनाभन भएको हो । सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काएका थिए । ‘औँला तल राख्नुस, नौंटंकी गर्ने ?’ सुवालले समितिका सभापति निरंशुक ढंगले चल्न नहुने बताइरहदा सभापति यादवले भने निरंशुक बन्ने भन्दै जवाफ फर्काएका थिए । ‘तपाईँ निरकुश नहुनुस्, यो राणा शासन होइन, तपाईं…

Read More