Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा आधारित भई मापन गरिएको जिडिपीको आकार हो । तथ्याङ्क कार्यालयले अघिल्लो वर्षको वास्तविक र गत वर्षको संशोधित जिडिपीको आकार पनि सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब…

Read More

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीहरुको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरुलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ ।मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सहि छाप बिरामी रिपोर्टमा खुलाउन भनेको छ ।निर्देशनले बिरामीको उपचार तथा फलोअपमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।साथै, यस व्यवस्थाले अनावश्यक परीक्षण रोक्न तथा परीक्षण सम्भव हुँदा हुँदै अस्पतालबाहिर हुने रेफरसमेत रोक्ने अपेक्षा गरिएको छ ।हाल चिकित्सकीय विवरण पेस्क्रिप्सनमा…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । सभापति देउवाले आ.व. ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने भन्दै सरकारले व्यापार गर्ने नभएको जानकारी दिनुभयो । उहाँले व्यापार व्यवसाय निजी क्षेत्रबाटै हुनुपर्ने कांग्रेसको मान्यता रहेको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार उद्योग गर्ने होइन । त्यसकारण निजी संस्थान हुनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको…

Read More

काठमाडौ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको वताउनुभएको छ । २९ औ रास्ट्रीय चिया दिवसका अवसरमा रास्ट्रीय चिया तथा कफी विकास बोर्डले आज ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले विभिन्न चुनौतीहरुका बिच पनि नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रुपमा रहेको छ , यो चिया कृषक , मजदुर , उधोगी व्यवसायी ,सहकारी र सरकारको सामुहिक प्रयासबाट सम्भव भएको हो , भन्नुभयो । मुलुकको व्यापारघाटा चुलिदो अवस्थामा चियामा आत्मनिर्भर मात्रै होइन ,भारत सहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना छ भन्ने देखाएको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । बजारीकरणका लागि…

Read More

काठमाडौँ: नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो । आइतबार भने मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

Read More

कास्की: कास्कीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका- ११ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका- ४ का भरतकुमार राई र महेश राई रहेका कास्कीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। अन्नपूर्ण-११ स्थित त्रिवेणी ताल पदमार्गमा निर्माणको काम गरिरहेका वेला आइतबार दिउँसो हावाहुरी र पानीसँगैको परेको चट्याङले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

Read More

काठमाडौँ: आन्दोलनरत नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारसँग संवाद जारी रहे पनि निष्कर्ष उन्मुख नरहेको बताएका छन्। शिक्षा मन्त्रालयसँग वार्ता र सडक आन्दोलन सँगसँगै अघि बढाएको महासंघका अध्यक्ष सुवेदीले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राज्य पक्षसँग अनौपचारिक छलफल चलिरहेका छन् तर अझै ती निष्कर्ष उन्मुख हुन सकेका छैनन्।’ शनिबार बिहान शिक्षक महासंघ र सरकारी पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता भएको थियो। वार्ताबाट निस्केपछि महासंघका अध्यक्ष सुवेदीले वार्तामा आफूहरूको अडान राखेको र छलफललाई निरन्तरता दिने कुरा भएको बताएका थिए। उनले आज पनि आन्दोलन जारी रहने बताउँदै शिक्षकहरूलाई आह्वान गरेका छन्, ‘सदाझैँ आज पनि ठिक ११ बजे माइतीघर मण्डला आइपुग्नु…

Read More

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिपूर्वक मनाइँदै छ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्छन्। सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले…

Read More

काठमाडौँ । नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले संघीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको हो । राईलाई शनिबार काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–१० कपनबाट पक्राउ गरिएको थियो । उनी जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेकी थिइन् ।

Read More

१२ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वाधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेस गर्दै अर्थमन्त्री पौडेलले वर्तमान वित्तीय स्रोत अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनामा स्रोत जुटाउन आवश्यक रहेको र यसलाई कानुनी आधार दिन विधेयक ल्याइएको जानकारी दिए । उनले पूर्वाधार क्षेत्र तथा परियोजना पहिचान, प्राथमिकीकरण, पूर्वाधारमा लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, वैदेशिक लगानी, विभिन्न वित्तीय उपकरणको यथोचित प्रयोग, संस्थागत संरचना, अनुमगन तथा मूल्यांकन सम्बन्धी विषय समेट्ने गरी विधेयक आएको बताए ।…

Read More