“२०८० चैत्र ३ गते मंगलबार तत्कालिन विपक्षी दलका नेता लेखकले बोलेको कुरा अहिले गृहमन्त्री लेखकलाई लागु हुन्छ कि हुन्न?”
काठमाडौँ: संसदको विपक्षी दल राष्ट्रिय स्वन्तन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म र उच्चस्तरीय छानविन समिति गठन नहुँदासम्म संसदको कुनै पनि काम कारवाही चल्न नदिने अडान लिएको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
प्रतिपक्षी दलहरूका तर्फबाट बोलेका माओवादीका सांसद वर्षमान पुनले गृहमन्त्रीले मार्गप्रशस्त नगरेसम्म संसदको नियमित प्रक्रिया अघि बढ्न नसक्ने बताएका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छ भनेर आफूहरूले अहिले दाबी नगरेको पनि सांसद पुनको भनाइ छ।
‘यति गम्भीर विषय उठेपछि गृहमन्त्रीले मार्गप्रशस्त गरिदिनुस्, निष्पक्ष छानबिन गर्ने वातावरण बनाइदिनुस्। त्यो अवस्था नभएसम्म सम्पूर्ण प्रतिपक्षीका तर्फबाट नियमित प्रक्रिया अघि बढ्न नसक्ने जानकारी गराउँदछौं,’ उनले भने।
यस्तै, रास्व्पाका संसद शिशिर खनालले गृहमन्त्री लेखकले आफ्नु संसद २०८० चैत्र महिना कुनै पनि मन्त्रीहरु छानविन हुन आउछ भने, त्यस्ता मन्त्रीले राजीनाम दिनु पर्ने आफुले बनाएको लक्ष्मण रेखा पार गरेको जिकिर गरे।
भुटानी शरणार्थी र सहकारी ठगि प्रकरण जस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा भएको भ्रष्टाचारको छानविन नहुँदा र उच्चस्तरीय छानविन समिति गठन नहुँदासम्म संसद चल्न नदिने बताए। विपक्षी दलबाट नाराबाजी र होहल्ला भएपछि संसद अहिले आधि घन्टाका लागि स्थगन गरिएको छ।

