Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । सरकारले चालु बजेट अधिवेशनबाटै संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधार गरिनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई यसै अधिवेशनबाट पारित गरिनेछ ।’ राष्ट्रपति पौडेलले शिक्षालाई सर्वसुभल, गुणस्तरीय र जीवनउपयोगी बनाउने पनि घोषणा गरे । उनले भने, ‘विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुनसंरचना गरिनेछ । २०८४ भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गरिनेछ ।’…

Read More

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ ।’ त्यस्तै फजुल खर्च रोक्न अनावश्यक सार्वजनिक संरचना खारेज गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आगामी आवको नीति तथा कार्यक्रम अनुसार कर प्रणालीमा संरचनात्मक सुधार गरिने भएको छ । यसका साथै वैदेशिक सहायताको आवश्यकताका आधारमा वितरण गरिने र वैदेशिक लगानीलाई पनि आवश्यक…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गरेर कानूनबमोजिम नाफा लिएर स्वदेश फर्कन विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । बिहीवारदेखि सुरु भएको कोशी प्रदेश सरकारको पहिलो लगानी सम्मेलनको उद्घाटन गर्दै ओलीले विदेशी लगानीकर्ताले नाफा लिएर स्वदेश फर्कँदा दोहोरो कर तिर्नु नपर्ने वातावरण सरकार बनाउने आश्वासन दिए । उनले कोशी प्रदेशमा लगानीको वातावरण सुदृढ भएको भन्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । विदेशी लगानीकर्तालाई प्रधानमन्त्री ओलीले भने, ‘कोशी प्रदेशलगायत नेपालका जुनसुकै ठाउँमा लगानी गर्नुस् । राजस्व तिरेर प्रमाणपत्र लिनुस् अनि हात लागेको नाफा कानूनअनुसार लिएर स्वदेश जानुस्, दोहोरो कर तिर्नु पर्दैन । त्यसको वातावरण सरकार निर्माण…

Read More

काठमाडौंः अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो । यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्रालयले नियमावली संसोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए । यसले रेफर लिनका लागि बीमा गराएकै स्थानमा पुग्नुपर्ने झण्झट कम हुने अपेक्षा…

Read More

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानी सम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसंग आग्रह गर्नु भएको छ । कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गर्नु भएको हो । उहाँले आगामी १० बर्षलाई लगानी दशकको रुपमा घोषणा गर्न, लगानीसंग सम्बन्धित कानुनहरु वन, वातावरण र भूमि समेत एकिकृत गरि एकिकृत लगानी संहिता बनाउन तथा विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य गर्नु पर्ने धारणा राख्नु भयो । यस्तै उहाँले लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आवश्यक्ता रहेकोमा…

Read More

काठमाडौँ: सरकार र शिक्षकहरुबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन रोक्ने भएका छन् । सरकारसँग सहमति भएसँगै आन्दोलन रोक्ने नेपाल शिक्षक महासंघले बताएको हो । महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि हड्ताल स्थगित गरिएको जनाएको हो। महासङ्घका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०८१ माघ २० गतेदेखि सुरु भएको आन्दोलन र पछिल्लो चरणमा २०८१ चैत २० देखि काठमाडौं केन्द्रित सडक प्रदर्शन भइरहेको जनाइएको छ। सरकारसँग भएका सहमति र मन्त्रिपरिषदबाट निर्णय भइसकेका केही मागहरु…

Read More

काठमाडौँ: मन्त्रिपरिषद बैठकले शिक्षकका माग अनुमोदन गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले जानकारी दिए। बुधबार नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सहमतिमा टुंगिएको थियो। त्यसलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो। बैठकले सो सहमति अनुमोदन गरेको हो। ‘हाम्राबीचमा सहमति भएलगत्तै क्याबिनेट बैठक बसेको थियो। हामीले प्रधानमन्त्रीज्यूलाई यस्तो सहमति भएको छ भनेर सुनायौँ’ मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै शिक्षामन्त्री पन्तले भने, ‘प्रधानमन्त्रीले ठीक छ, तपाईंहरू अगाडि बढ्नुहोस् भन्नुभयो।’ पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकसहित नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगाउत शिक्षक नेताहरू सहभागी थिए। गएको चैत २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघ र…

Read More

काठमाडौँ: मन्त्रिपरिषद बैठकले शिक्षकका माग अनुमोदन गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले जानकारी दिए। बुधबार नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सहमतिमा टुंगिएको थियो। त्यसलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो। बैठकले सो सहमति अनुमोदन गरेको हो। शिक्षकको माग पूरा गर्ने सरकारलाई ८ अर्ब आर्थिक भार बढ्ने भएको छ । सरकार र शिक्षक महासंघबीच भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्न ८ अर्ब दायित्व पर्ने बताए । यो रकम शिक्षकको सेवा सुविधामा खर्च हुने हो । त्यस्तै, शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन् । सरकार र…

Read More

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी म्यादीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् हुन् । यही वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका उर्जा,जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङलाई सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेको भन्दै बर्खास्त गरेका थिए । ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए ।

Read More

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा आधारित भई मापन गरिएको जिडिपीको आकार हो । तथ्याङ्क कार्यालयले अघिल्लो वर्षको वास्तविक र गत वर्षको संशोधित जिडिपीको आकार पनि सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब…

Read More