Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले आगामी छठ पर्वलगत्तै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। देशभर होम सेन्टर (पढेकै स्कुल) मा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी बोर्डले अघि बढाएको हो। कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन्। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षा सञ्चालनका कार्यविधि स्वीकृति र समयतालिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ। नियमित तालिकाअनुसार गएको वैशाखमै हुनपर्ने कक्षा १२ को परीक्षा कोरोना संक्रमणको कारण रोकिएको छ। प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने…
काठमाडौँ: यो वर्षको बडा दशैं बिदामा कुनै पनि शाखा नखुल्ने भएका छन् । कोरोना संक्रमणका कारण ३ हजार ७०० भन्दा बढी कर्मचारीमा संक्रमण पुष्टि भएसँगै नेपाल बैंकर्स संघले बडा दशैंको विदामा बैंकको शाखा खुला गर्न नसकिने जनाएको हो । संघले कात्तिक ७ गते सप्तमी अर्थात फूलपातिदेखि कात्तिक ११ गते अर्थात एकादशशीसम्म बैंकका सबै शाखाहरु बन्द हुने बताएको छ । यद्यपी यस अवधिमा ग्राहकहरुले डिजिटल बैंकिङ सेवा (मोवाइल र इन्टरनेट बैंकिङ्ग) बाट भने बैंकिङ्ग सेवा उपभोग गर्न सक्नेछन् । यस्तै एटीएम सेवा पनि सुचारु नै रहनेछन् । कोरोना संक्रमणपछि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क…
काठमाडौं: किंग्स इलाभेन पन्जाबले आईपीएल क्रिकेटमा लगातार तेस्रो जित हासिल गरेको छ । पन्जाबले मंगलबार दुबईमा भएको खेलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको छ । पन्जाबले दिल्लीले प्रस्तुत गरेको १६५ रनको विजय लक्ष्य एक ओभर बाँकी रहँदा हासिल गर्यो । पन्जाबको टप स्कोरर निकोलस पुरनले ५३ रन योगदान गरे । दिल्लीका शिखर धवनको शतक खेर गयो । दिल्लीका लागि धवनले नटआउट १०६ रन बनाएका थिए । त्यसैले उनलाई म्यान अफ द म्याच चुनियो । आईपीएलको जारी १३ औं संस्करणमा पन्जाबको यो चौथो जित हो । दिल्लीले भने तेस्रो पटक हार व्यहोर्नुपर्यो । जितसँगै पन्जाब अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ…
काठमाडौँ: बडादशैँको आज पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा गरिदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु-सम्पन्न हुने धार्मिक विश्वास छ। स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौँ दिन यीनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ। चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ। आजको दिन राजधानीका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिर र शक्तिपीठहरुमा पूजाअर्चना गरिन्छ। दसैंको पहिलो…
काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागिता जनाएका छन् । यस वार्षिक बैठकमा अधिकारीले आईएमएफका विभिन्न प्रतिनिधिहरुसँग कोभिड-१९ ले नेपाली अर्थतन्त्रमा पारेको असर र यसको न्यूनीकरणबारे छलफल गरेको राष्ट्र बैंकले प्रेस विज्ञप्तीमार्फत जनाएको छ । साथै, बैठकका क्रममा द्विपक्षीय हित प्रवर्द्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरु इत्यादिबारे पनि चर्चा भएको विज्ञप्तीमा उल्लेख छ । विश्व बैंक समूहअन्तर्गतको आईएमएफको वार्षिक बैठकमा सहभागिताका क्रममा अधिकारीले आईएमएफका प्रतिनिधिहरुसँग भर्चुअल साइड मिटिङ गर्दै यसबारे छलफल गरेका हुन् । आईएमएफले वर्षेनी आयोजना गर्दै आएको एनुअल मिटिङ यसवर्ष कोभिड-१९ प्रभावका कारण भर्चुअल रुपमा आयोजना भएको…
धुलिखेल: काभ्रेको धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमण भई उपचाररत बिरामीलाई भर्ना हुनुअघि २ लाख रुपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ । अस्पताल प्रशासनले कात्तिक ३ गते सूचना जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न आग्रह गरेको छ । अस्पतालले सामान्य लक्षण भएकासँग ५० हजार, मध्य जटिल बिरामीसँग १ लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रुपैयाँ धरौटी माग गरेको हो । त्यसमा औषधी तथा रोग निदानमा प्रयोग हुने जाँचको थप रकम लाग्ने पनि खुलाएको छ । अस्पतालमा उपचार खर्च भने सामान्य लक्षण भएकालाई दिनमा ३५ सय, मध्य जटिल समस्या…
काठमाडौँ: राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र मृत्यु भएकाको शव व्यवस्थापन गरी नागरिकको संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । आयोगमा सचिव वेदप्रसाद भट्टराइले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले सरकारी अस्पतालले ‘कोरोना सङ्क्रमण भई उपचारत बिरामीले यही कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले व्यहोर्नुपर्ने’ भनी सूचना प्रकाशित गरेकोप्रति ध्यानाकर्षण जनाउँदै सो आग्रह गरेको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या पछिल्लो समय दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गइरहेको अवस्थामा सरकारले अबदेखि कोभिडका बिरामीको उपचार खर्च नब्योहोर्ने, सङ्क्रमणबाट मृत्यु भएका…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कमिटी विवाद सुल्झाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै विवाद देखिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ बीच मंगलबार चार बुँदे सहमति भएको विज्ञप्ति बालुवाटारबाट सार्वजनिक भएपछि खुमलटारबाट भने अर्कै विज्ञप्ति सार्वजनिक गरेको हो । बालुवाटारमा चार बुँदे सहमति भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति सार्वजनिक गरे लगत्तै प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले विज्ञप्ति सार्वजनिक गर्दै सहमति नभएको जनाएका छन् । जुगलले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको तर उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज…
धनगढी, कात्तिक ४ गते: गोविन्द बिक (वर्ष, २८) प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने उहाँ दलित समुदायकै पहिलो व्यक्ति हुनुहुन्थ्यो । बिकको सफलताले परिवारमात्रै खुशी थिएन । सिङ्गो दलित समुदायनै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जित्नु भएको थियो, उहाँले । त्यहि कारण परिवारले पनि गर्व नगर्ने त कुरै भएन । तर, परिवारको त्यो खुशी धेरै समय टिक्न पाएन । अहिले शोकमा परिणत भएको छ । गस्तीमा गएको बेला विभत्स हत्या भएको छ, बिकको । उहाँसंगै अर्का प्रहरी जवान रामबहादुर साउँदले पनि त्यहि नियति भोग्नु…
काठमाडौं: सोमबार स्थगन भएको मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्दैछ । सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको बैठक यो पटक सोमबार नबसेर मंगलबार बस्न लागेको हो । स्रोतका अनुसार बैठकमा कोरोना उपचारबारेको निर्णयमा पुनर्विचार गर्नसक्ने एक मन्त्रीले जानकारी दिए । उनले बैठकका एजेण्डा प्राप्त भैनसकेको भन्दै केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताए । स्रोतका अनुसार सरकारले कोरोना परीक्षण तथा उपचार नागरिक आफैले गर्नुपर्ने निर्णयको सर्वत्र विरोध र आलोचना भएपछि उक्त निर्णयबारे छलफलपछि पुनर्विचार गर्ने सम्भावना रहेको छ । बालुवाटार स्रोत भन्छ, ‘उपचार तथा परीक्षणमा शुल्क लिने निर्णयको आलोचना र विरोध भयो ।…
