Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकको सिफारिसबिना आफूखुशी औषधि सेवन नगर्न आग्रह गरेको छ । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले आफूखुशी तथा कोरोना निको भएकाहरुसँग सल्लाह गरी विभिन्न औषधि प्रयोग गरीरहेको पाइएको भन्दै चिकित्सकको सिफारिसबिना औषधि प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमाफर्त जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा नकारात्कम असर पर्ने बताए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि सेवन गर्न आग्रह गरे । उनले कोरोना संक्रमित भइसकेपछि एक्लै कोठमा बस्दा अत्यास लाग्नु स्वभाविक भएकाले त्यस्तो समयमा कोठामै बसेर गर्न सकिने आफ्नो इच्छा अनुसारका…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज देशभरमा ३ हजार ३०९जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्ल्लो २४ घण्टामा ३ हजार ८४४ जना संक्रमण मुक्त भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या १ लाख ४४ हजार ८७८ पुगेको छ।

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।

Read More

काठमाडौं: बुधबार शेयरबजार नेप्से २.३९ अंकले घटेर परिसूचक एक हजार ६४०.६४ विन्दुमा पुगेको छ । २ सय २ कम्पनीका ५६ लाख ३१ हजार ६ सय ४ कित्ताशेयर २४ हजार ८२ पटकको कारोबारबाट १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब एक एक अंकले घटेर तीन सय २६ दशमलब चार नौ अंकमा पुगेर बन्द भएको छ । बुधबार कारोबार भएका १२ मध्ये ७ वटा समूहको सूचक ओरालो लागेको छ । व्यापार, होटल, जलविद्युत, अन्य र म्युचुअल फण्ड समूह भने उकालो…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८ जना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जना लगरी जम्मा १४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेको सुन्नमा आएको भन्दै राजीनामा नदिने प्रस्ट्याएका छन्। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए । ‘सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो। तर, तपाईँहरु बिचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ?,’ उनले भने, ‘मेरो लागि होइन, देशको लागि हो। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।’ उनले आफूले राजीनामा नदिने कुरा पटक पटक दोहोर्‍याइरहेको समेत बताए। ‘मैले रिपिटेड्ली भन्या छु। फेरि केहीले खोई त राजीनामा भन्दै…

Read More

काठमाडौँ: नेपाल ट्रष्टको कार्यालयले काठमाडौं प्लाजाको भवन एक साताभित्र खाली गरी हस्तान्तरण गरिदिन भन्दै पुनः सूचना जारी गरेको छ । यसअघि पनि भवन खाली गर्न नेपाल ट्रष्टको कार्यालयले पटक पटक सूचना जारी गर्दै आएको छ । तर, कन्सेप्ट डेभलपर्सले भवन खाली गरेर हस्तान्तरण गरेको छैन । अब भने कार्यालयले ७ दिनभित्रै भवन खाली नगरे कानुनी प्रक्रियाबाट अघि बढ्ने चेतावनी ट्रस्टले दिएको छ । पुरानो सम्झौता २०७७ असार ३ गते नै सकिएपनि भवन आफैंले भाडामा पाउनुपर्ने भन्दै कन्सेप्ट डेभलपर्सले सर्वोच्चमा मुद्दा दर्ता गराएको थियो । ५ रोपनी २ दाम क्षेत्रफलको जग्गा कन्सेप्ट डेभलपर्सलाई दिने गरी २०५० असार ३ गते सम्झौता भएको…

Read More

काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य बुधबार तोलामा १२०५ रुपैयाँ रहेको छ भने मंगलबार १२१० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर नगरबासीको स्वास्थ्य जीवनप्रति सम्वेदनशील रहेको बताएका छन् । मेयर शाक्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘काठमाडौँ महानगरलाई हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ यो मान्यतामा हामी दृढ छौँ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न ।’ उनले काठमाडौंलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यताका साथ काम गरिरहेको पनि बताएका छन् ।

Read More

काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय सैनिकको विशेष विमानमार्फत उनी त्रिभुवन विमास्थलमा उत्रिएका हुन् । नरवणे र उनकी धर्मपत्नी बिनालाई त्रिभुवन विमास्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभु राम शर्मा र उनकी श्रीमती सुनिता शर्माले स्वागत गरेका थिए । विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् । उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनि ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ । बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने नेपाली सेनाका प्रवक्ता (सहायकरथी)…

Read More