Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् । ३० प्रतिशत मत भार रहेको एशाेसिएटमा चन्द्र ढकालले ५२२ र किशाेर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहेकाे वस्तुगतमा चन्द्र ढकालले ५९ किशाेर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्ला-नगरतर्फ चन्द्र ढकालले ५२ र…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतगणना सुरु भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिस्थानमा मतगणना सुरु भएको हो। रातभरिमा मतगणना सम्पन्न गर्ने निर्वाचन समितिले जानकारी गराएको छ। l वरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकाल र किशोर प्रधान रहेका छन् भने जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्। त्यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ चुनावी मैदानमा छन्। ६० कार्यकारिणी सदस्यका लागि १२७ जना चुनावी मैदानमा रहेको छन्।

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले जवाफी प्रतिवेदन पेश गर्नु स्वागतयोग्य भए पनि त्यसमा कुनै रियालाइजेसन नदेखिएको प्रतिक्रिया दिएका छन्। शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले आफूमाथि लगाएका आरोपसहित कार्तिक २८ गतेको बैठकमा पेस गरेको प्रतिवदनको जवाफमा ३८ पृष्ठको प्रस्ताव पेश गरेका थिए। ५३ बुँदामा रहेको सो जवाफी प्रस्ताव खाममा राखेर सबै सचिवालय सदस्यलाई वितरण गरिएको थियो। वितरणलगत्तै अध्यक्ष ओलीले आफ्ना धारणा राखेका थिए। त्यसपछि बोलेका अध्यक्ष प्रचण्डले जवाफी प्रतिवेदन ल्याउनु राम्रो भएको प्रतिक्रिया दिएका थिए। ‘जवाफी प्रस्ताव आयो, राम्रो भयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै…

Read More

काठमाडौ: नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भन्दा ठुलो कुनैपनि नेता हुन नसक्ने बताएका छन् । शनिबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नो धारणा राख्दै पार्टीमा पार्टी भन्दा ठुलो नेता हुन खोज्ने प्रवृति देखिएको भन्दै पार्टीभन्दा ठुलो कोहीपनि हुन नसक्ने बताएका हुन् । ‘पार्टी भन्दा ठुलो को हो ? आफूलाई आफैले ठुलो भन्ने ? यस्तो पनि कम्युस्टि पार्टीमा हुन्छ, हुनै सक्दैन । त्यसैले सवैले पार्टीको निर्णय मान्नुपर्छ’, नेता नेपालले अध्यक्ष ओलीप्रति लक्षित गर्दै बैठकमा भने, ‘विधि विधान र पद्धतिअनुसार पार्टी चल्नुपर्छ यसमा कसैले हुदैन भन्न मिल्दैन ।’ त्यसैगरी उपाध्यक्ष बामदेव गौतमले पार्टीमा बैठक बोलाउन ५ जना नेताहरुले बैठकको माग गर्दा पनि…

Read More

काठमाडौँ: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि प्रश्नको वर्षा गरेका छन् । प्रचण्डको प्रस्तावमाथि असन्तुष्टि पोखेका ओलीले प्रस्तावमार्फत जवाफ दिने क्रममा प्रश्नको वर्षा गर्दै सोचेका छन्, ‘कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईँलाई मेरो प्रश्न छ– पार्टीभित्र चलिरहेको यस वहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपार्इँले रोजेको बाटो वाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ? एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको बाटोमा? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि…

Read More

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव ल्याएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन ल्याएका हुन् । ओलीले आफ्नो प्रस्तावको सुरुमै भनेका छन्, ‘यही २०७७–०७–२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत…

Read More

काठमाडौँ: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् । त्यसका लागि प्रचण्ड तयार हुने कि नहुने भन्दै उनले आफ्नो जवाफी प्रस्तावमार्फत प्रश्न समेत गरेका छन् । प्रचण्डले यसअघि ल्याएको प्रस्तावमाथि लिखित जवाफ दिन ओलीले ल्याएको प्रस्तावमा भनिएको छ, ‘म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौँ ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?’ उनले आगामी महाधिवेशनबाट आफू अध्यक्षको…

Read More

काभ्रे: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले जीवन्त पार्टीभित्र हुने संघर्षलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन्। शनिबार काभ्रेको पनौतीमा आयोजित एक कार्यक्रममा मन्त्री पुनले सत्तारुढ नेकपामा अहिले भइरहेको संघर्षबाट नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका हुन्। उनले जीवन्त पार्टीमा छलफल, अन्तरसंघर्ष, बहस आदि हुने भन्दै त्यसले पार्टीलाई थप ऊर्जाका साथ अगाडि बढाउन मद्दत पुग्ने बताए। ‘जीवन्त पार्टीभित्र संघर्ष, घर्षण भइ नै रहन्छ, घर्षणबाट शक्ति उत्पन्न हुन्छ’, उनले भने, ‘हामीले त्यो शक्तिलाई सकारात्मक शक्तिमा ढाल्नुपर्छ।’ पार्टीभित्र मतभेद देखिनासाथ फुट हुन्छ भन्ने नसोच्न उनले नेता कार्यकर्तालाई आग्रह समेत गरे। मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तिनै तहका सरकार सफल पार्न देशभरीका…

Read More

काठमाडौँ:  विश्व वैंकले कोभिड—१९ का कारण विश्व बजारमा रेमिट्यान्स घट्ने अनुमान गरेको थियो तर, उसको अनुमान बिपरित रेमिट्यान्स कारोबार बढेको र रेमिट्यान्सका प्रयोगकर्ताहरुको सँख्या पनि बढेको सरोकारवालाहरु बताए । ब्रान्डवर्थ प्रालिको आयोजनामा आयोजित फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२० अन्र्तगत डिजिटल रेमिट्यान्स, दि कस्ट अफमुभिङ मनि सत्रमा, कोभिडले रेमिट्यान्सको दायरा बढाउन अझ मद्दत गरेको कुरा सरोबारवालाले व्यक्त गरेका हुन । कार्यक्रममा बोल्दै आइएम ई ग्रुपका कार्यकारी अधिकृत सुमन पोखरेलले कोभिडको समयमा सबैजना आत्तिएको भएपनि विस्तारै बानी पर्दै गएको बताए । “हामीलाई पनि लागेको थियो धेरै नेपाली फर्किनेछ र अब रेमिट्यान्स घट्नेछ । धेरै नेपालीहरु फर्किनु पनि भयो तर फर्किनेहरुले पनि सामान…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अपराह्न १ः०० बजेदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि बैठक शुरु भएको हो । बालुवाटारमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत सचिवालय सदस्य सहभागी छन्। बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले लिखित जवाफ प्रस्तुत गरिरहेका छन् ।

Read More