Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

एजेन्सी- अमेरिकी राष्ट्रपतीय चुनावको मतगणना आउने क्रम जारी छ । मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । कूल ५३८ इलोक्ट्रोरल मतमध्ये जितका लागि २७० इलोक्ट्रोरल मत आवश्यक छ । यो समाचार तयार पार्दासम्म सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् । कोरोना महामारीका कारणले धेरै मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक, सामाजिक र विश्व राजनीतिक सम्बन्धलाई कसरी कसरी अघि बढाउँछ भन्ने विषयले यो चुनाव संसारभरको चासोको केन्द्र बनेको छ । आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई…

Read More

एजेन्सी: रिपब्लिक टिभीका प्रधानसम्पादक अर्नब गोस्वामीलाई बुधबार राइगढ प्रहरीले पक्राउ गरेको छ । सन् २०१८ मा गोस्वामीसहित दुई जनाविरुद्ध आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता गरिएको थियो । गोस्वामीमाथि ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । मुम्बई प्रहरीका अनुसार रिपब्लिक टिभीले पैसा नतिरेको भन्दै सन् २०१८ मा ती इन्टेरियर डिजाइनर र उनकी आमाले आत्महत्या गरेका थिए । जी मिडियासँग कुराकानी गर्दै इन्सपेक्टर सचिन भाजेले अर्नबलाई आईपीसीको सेक्सन ३०६ र सेक्सन ३४ अन्तरगत पक्राउ गरिएको हो । यता, अर्नब गोस्वामीले पक्राउ गर्ने क्रममा आफूलाई मुम्बई प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । बुधबार बिहान अर्नबलाई पक्राउ…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत एक शोक वक्तव्य जारी गर्दै प्रचण्डले सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् । सीताको बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनी विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार…

Read More

काठमाडौँ: भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह आफ्नै सैनिक विमान चढेर नेपाल भ्रमणमा आउँदै छन् । मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत उनी काठमाडौं आउने छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्य टोलीसहित उनी नेपाल आउन लागेका हुन् । भ्रमण टोलीमा पत्नी विणा पनि छिन् । तीन दिनको औपचारीक भ्रमणमा नरवणे कालिमाटी स्थित सोल्टी होटलमा बस्ने भएका छन् । बुधवार नै उनी पत्नीसहित पशुपति दर्शनका लागी जाँदैछन् । साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा सहभागी हुँदैछन् । डिनर कार्यक्रम कहाँ हुने भन्नेबारे नेपाली सेनाले सार्वजनिक गरेको छैन । नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी…

Read More

काठमाडौं: नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले आफ्नो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई थप बलियो बनाउने बताएका छन् । भारतीय न्युज एजेन्सी (एएनआई) ले सार्वजनिक गरेको छोटो भिडियो सन्देशमा नरवणेले यो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई मजबुत बनाउन लामो बाटो तय गर्ने भनेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने अवसरका लागि आफू आभारी रहेको उनले बताएका छन् । ओलीले २८ असोजमा गरेको मन्त्रिमण्डल पुनर्गठनमा ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाएर उनको जिम्मेवारी आफूसँगै राखेका थिए । एकअर्काको देशमा दर्ज्यानी चिन्ह लगाउन जाने क्रममा सेना प्रमुखले रक्षामन्त्रीलाई पनि भेट्ने चलन छ । भिडियो सन्देशमा…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र १ हजार ४६८ जना संक्रमित थपिएका छन् । यसमध्ये ६४९ जना महिला र ८१९ जना पुरुष रहेका छन् । हाल ३० हजार ६९४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३७२ जना आईसीयू र ६८ जना भेन्टिलेटरमा छन् । यस अवधिमा ३ हजार १४२…

Read More

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन् । वस्तुगत उपाध्यक्षमा श्रेष्ठ दोस्रो कार्यकालका लागि दोहोरिन चाहेका हुन् । यसैगरी महासंघको केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेश लाल श्रेष्ठले उम्मेद्वार दर्ता गराएका छन् । महासंघको…

Read More

काठमाडौं :नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले राजीनामा दिएका छन्। उनले हिजो आइतबार दिएको राजीनामा स्वीकृत समेत भइसकेको छ। महासंघको साधारणसभा र निर्वाचन मंसिर ११, १२ गते काठमाडौंमा हुँदै छ। खतिवडाको कार्यकाल निर्वाचन अवधिसम्म अर्थात् मंसिर मसान्तसम्म थियो तर उनले कात्तिक २९ गतेदेखि लागू हुने गरी राजीनामा दिएको बताए । ‘मैले आफ्नो योग्यता क्षमताको कदर नहुने देखिएपछि राजीनामा दिएको छु, आफूले बुझाएको यो राजीनामामा राजीनामा वा पदत्याग दुवै कुरा उल्लेख गरेको छु’, उनले भने, ‘आत्मसम्मानको रक्षा हुँदैन भन्ने लाग्यो, जसकारण अब महासंघमा निरन्तरता दिनुहुँदैन भन्ने लागेर राजीनामा दिएको हुँ। मेरो आफ्नै अनुभवहरु छन्। ३० वर्षभन्दा बढीको पेशागत…

Read More

काठमाडौं :आज मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.४ अंकले बढेको छ। बढेको बजार १६४३.०३ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स १.१४ अंकले बढेर ३२६.६० विन्दुमा पुगेको छ। आज १९८ कम्पनीको ७७ लाख ५७ हजार सेयर खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार बैंकिङ र विकास बैंक समूह बाहेक सबैको उपसूचक उकालो लागेको छ। बैकिङ २.१७ र विकास बैंक समूहको उपसूचक १६.२१ अंकले घटेको हो। व्यापार समूहको उपसूचक ५५.९२, होटल १.९६, जलविद्युत् ७.१४, फाइनान्स ५.४ अंकले बढेको छ। त्यसैगरी निर्जिवन बिमा १७६.८६, उत्पादन ५.९५, अन्य १४.८, माइक्रोफाइनान्स…

Read More

काठमाडौं : नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केसीको निधनप्रति दुःख व्यक्त गर्दै शोकका विभिन्न कार्यक्रम मनाउने निर्णय गरेको हो। आज मंगलबारदेखि बिहीबारसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसले जनाएको छ। बुधबार केन्द्र र जिल्लाका कार्यालय बन्द रहने जनाइएको छ। १३औं दिनमा केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा शोक पुस्तिका राखिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त…

Read More