काठमाडौं :आज मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.४ अंकले बढेको छ।
बढेको बजार १६४३.०३ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स १.१४ अंकले बढेर ३२६.६० विन्दुमा पुगेको छ।
आज १९८ कम्पनीको ७७ लाख ५७ हजार सेयर खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार बैंकिङ र विकास बैंक समूह बाहेक सबैको उपसूचक उकालो लागेको छ। बैकिङ २.१७ र विकास बैंक समूहको उपसूचक १६.२१ अंकले घटेको हो।
व्यापार समूहको उपसूचक ५५.९२, होटल १.९६, जलविद्युत् ७.१४, फाइनान्स ५.४ अंकले बढेको छ। त्यसैगरी निर्जिवन बिमा १७६.८६, उत्पादन ५.९५, अन्य १४.८, माइक्रोफाइनान्स ६.८३, जीवन बिमा १४ र म्युचुअल फण्डको उपसूचक ०.२७ अंकले बढेको छ।
आज विशाल बजार कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् भने महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।