Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
एजेन्सी: नागोर्नो-काराबाख कब्जाका लागि अजरबैजान र अर्मिनियाबीच आइतबार फेरि भीषण लडाइँ परेको छ। दुवै देशले एकअर्कालाई शान्ति स्थापनमा बाधा पुर्याएको आरोप लगाएका छन्। अर्मिनियाले अजरबैजानका सेनलाई नागरिक बसोबास गर्ने क्षेत्रमा बमबारी गरेको आरोप लगाएको छ। तर अजरबैजानले सर्वसाधारणविरुद्ध आक्रमण नगरेको दाबी गरेको छ। साथै आफू युद्ध विराम गर्ने पक्षमा रहेको तर यसका लागि अर्मिनियाका सेना युद्धस्थल छाडेर जानुपर्ने उसको माग छ। नागोर्नो-काराबाख क्षेत्रको स्वामित्वको दाबी गर्दै यी दुई देशबीच गत सेप्टेम्बर २७ देखि युद्ध जारी छ। बीबीसी
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखसँग भएको भेटबारे उपप्रधानमन्त्री इश्वर पोखरेलले आफ्ना ६–बुँदे धारणा सार्वजनिक गरेका छन्। रक्षा मन्त्रीबाट हटाई हालै प्रधानमन्त्री कार्यालयका मामिला हेर्ने जिम्मेवारीमा तानिएका पोखरेलले ‘रअ’ प्रमुख सामन्त गोयलसँग भेट गर्दा प्रधानमन्त्रीबाट कुनै गल्ति नभएको दाबी गरेका छन्। उनले यो विषयमा प्रधानमन्त्रीको विरोध गर्नेहरुले किन त्यसो गरिरहेका छन् भन्ने बुझ्नुपर्ने जिकिर गर्दै प्रधानमन्त्रीको कदमको समर्थन गर्न आग्रह गरेका छन्। यस्तो छ पोखरेलले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका भनाइः प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेट : प्रायोजित कुप्रचार र वास्तविकता (१) भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष…
काठमाडौँ: दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त…
काठमाडौँ: शनिबारदेखि लागू भएको विदेशी च्यानलमा विज्ञापनरहित कार्यक्रम (क्लिनफिड) का कारण अधिकांश विदेशी च्यानल बन्द भएका छन्। नेपालमा क्लिनफिड लागू भएसँगै विदेशी च्यानलहरुले अब क्लिनफिड कार्यक्रम उपलब्ध गराउनु पर्नेछ। खासगरी भारतीय टेलिभिजन च्यानलहरुले नेपालका वितरक कम्पनीहरुलाई क्लिनफिड कार्यक्रम उपलब्ध नगराएपछि अधिकांश च्यानलहरु बन्द भएका हुन्। अहिले मुख्यगरी स्पोर्टस्, इन्टरटेन्टमेन्ट, न्युज लगायतका अन्य भारतीय च्यानलहरु चलेका छैनन्। नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक डिसहोशमले केही विदेशी ब्रोडकास्टरहरुले क्लिन फिड च्यानलहरु उपलब्ध गराउन नसकेका कारणले ती च्यानलहरु क्लिनफिडमा उपलब्ध नहुन्जेलसम्मका लागि अवरुद्ध हुने जनाएको छ। डिसहोशले च्यानल नम्बर र प्याकेज अनुसार च्यानलहरु थपघट तथा परिवर्तन हुनेसक्ने पनि ग्राहकलाई जानकारी गराएको छ। त्यस्तै,…
काठमाडौँ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाहकका रुपमा नेपाल आएर प्रधानमन्त्री केपी ओलीसँग भेटेको बताएका छन्। ‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा रअका प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे। यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो। विरोधको योजना हो या नियती? बुझ्न गाह्रो भो’, पोखरेलले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौं। नेपाल र भारत बीचको सीमा समस्याको परिणाम सुखद होस्, कामना गरौं।’ भारतीय सेनाको विशेष विमानबाट बुधबार काठमाडौं आएका गोयलले मध्यराति प्रधानमन्त्री ओलीसँग करिब तीन घण्टा गोप्य…
काठमाडौँ: काठमाडाैंका ४२ वर्षीय एक पुरुषलाई ४ हप्ता पहिले कोरोना संक्रमण पुष्टि भएको थियो । घाँटीमा खसखसबाहेक उनमा गम्भीर लक्षण देखिएका थिएनन् । उनी होम आइसोलेनसमा बसे । १४ दिनपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यसपछि उनी नियमित काममा फर्किए । तर एक हप्ताअघि मात्र उनलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने लक्षणहरु देखिन थाले । उनले सुरुमा त फ्लु होला भनेर चुप बसे । तर, पुनः पीसीआर गराउँदा उनमा कोरोना संक्रमण पोजिटिभ देखियो । उनी अहिले एक निजी अस्पतालमा उपचाररत छन् । यस्तै धुलिखेलका ५० वर्षीय पुरुषमा डेढ महिनाअघि कोरोना संक्रमण देखियो । उनको पूरै परिवारलाई नै कोरोना…
काठमाडौँ: काठमाडौं आसपासका क्षेत्रमा यतिवेला किसानले लगाएको सयपत्री फुल फुलिसकेको छ । यसवर्ष अधिकमास परेका कारण दसैँ र तिहार करिब एक महिना पछाडि सरेको छ । किसानले तिहारका लागि भन्दै फूल खेतिगर्दै आएका छन् । तर यसपटक फूल फुल्ने समयभन्दा तिहार पछाडि छ । जसका कारण तिहार आइपुग्दासम्म सयपत्री फुल सुकिसक्ने देखिएको छ । फूलको माग हुने समयमा फूल फुलेर पनि सुकिसक्ने भएपछि किसानहरु चिन्तित देखिएका छन् । दशैंको समयमा फूल प्रयोग र विक्री कम हुन्छ । काठमाडौं इचङ्गुनारायण क्षेत्रका किसानहरुले वर्षौंदेखि फूल खे ितगर्दै आएका छन् । यस क्षेत्रका किसानले तिहार लक्षित गरेर उत्पादन गरेको फूल यस…
काठमाडौँ: पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् । काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । यसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ । पछिल्लो…
काठमाडौं । शुक्रबार मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ । भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको छ । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ । कात्तिक ८ देखि विज्ञापन बजाएमा विदेशी…
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा छन् भने २९० जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।…
