Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकमा बुधबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई IME Pay Digital Wallet को माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ । यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।
काठमाडौँ: जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ भने एकजना अझै वेपत्ता छन्। दुर्घटनामा जुनीचाँदे-११ का वडाध्यक्ष अमरबहादुर शाही, ६१ वर्षीय किर्तिबहादुर शाही, ३२ वर्षीय खेमबहादुर शाही, २९ कृष्णबहादुर शाही, २९ वर्षीय मालिका बस्नेत र थप एकजनाकाे ज्यान गएकाे जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए। उनका अनुसार एकजनाको शव फेला परेकोमा उनको पहिचान खुलेको छैन। थप एक जना घाइते भएका छन्। जीप खलङ्गाबाट जुनिचाँदी जाँदै गर्दा स्थानीय औलखोलामा खस्दा दुर्घटना भएको उनले बताए।
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसका संक्रमितको निधन भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १५ कोरोना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७८ पुगेको छ।
काठमाडौं : सरकारले बुधबार काठमाडौंमा कोरोना संक्रमितको दर ह्वात्तै बढेसंगै यहाँका अस्पतालमा बेडको अभाव चुलिँदै गएको बताएको छ । यही दरमा काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्ने हो भने अबको केहीदिनमै हामीले (यहाँका अस्पतालले ) कोरोना संक्रमितहरुको उपचार धान्न नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनले भने, ‘संक्रमितको संख्या बढेसंगैं यहाँका अस्पतालमा भनेको समयमा बेड र उपचार पाउन मुश्किल पर्दै गएको छ ।’ त्यसकारण यहाँ भीडभाड कम गर्न र आवश्यक सावधानीका उपाय अवलम्बन गर्न उनले आमनागरिकलाई अपिल गरेका छन ।
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । हिजो मंगलबार २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको थियो भने आज २५ हजार ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । त्यसैगरी काठमाडौैं उपत्यकामा मात्रै १६ सय ८४ जना संक्रमित भेटिएका छन, जसमध्ये काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना रहको छन । २४ घण्टामा ११ सय २६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका…
काठमाडौं : कोरोना भाइरस अर्थात कोभिड १९ को सक्रिय संक्रमितको संख्या देशभर २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार पछिल्लो २४ घण्टामा कुल संक्रमित संख्या बढेर २५ हजार ७ जना पुगेको छ । यो संख्यासंगै सरकारलाई अब थप बन्दाबन्दी अर्थात लकडाउनको निर्णय गर्न बाटो खुल्ने छ । तर विभिन्न संघसंस्था र व्यवसायीका कारण सरकारलाई अहिले लकडाउन गर्न अप्ठ्यारो परेको छ ।
काठमाडौं: मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोका ९५ हजार बिरुवा एक अभियानकर्मीको सङ्कल्पमा करिव चार महिनाको अवधिमा रोपिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन् । गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न भागमा पुर्याउने गरेको उनले जानकारी दिए । राजधानीमा पनि वाग्मतीलगायत नदी किनारमा गुर्जो रोपणका लागि राजलवटले नै बिरुवा उपलब्ध गराएका छन् । त्रिभुवन विश्वविद्यालयको प्राङ्गण कीर्तिपुर, राष्ट्रिय शहीद तथा शान्ति स्मारक गोकर्णलगायत उपत्यकाका विभिन्न नगरपालिकामा गरी करिब २० हजारभन्दा बढी बिरुवा बाँडिसकेको…
काठमाडौँ: सरकारले काठमाडौँमा कोरोना संक्रमणको जोखिम उच्च रहेको बताउँदै उच्च सर्तकता अपनाउन आग्रह गरेको छ। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रबार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले देशका अन्य भागमा कोरोना प्रकोप नियन्त्रण हुँदै गए पनि उपत्यका उच्च जोखिममा रहेको बताए। दैनिक थपिने संक्रमितमा आधाभन्दा बढी उपत्यकाका रहेको बताउँदै उनले उच्च सतर्कत अपनाउन आग्रह गरेका हुन्। ‘अरु जिल्लाहरूमा कोरोनाको प्रकोप बिस्तारै नियन्त्रणउन्मुख हुँदै गएको भए पनि काठमाडौं उपत्यका जोखिममा छ। हाल प्रत्येक दिन देखिने आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन्’, उनले भने, ‘हाल त्यो संक्रमण नियन्त्रणउनमुख नभएको हुँदा काठमाडौँबासीले धेरै सतर्कता अपनाउन जरुरी छ।’ मन्त्री ज्ञवालीले…
काठमाडौँ: शेयर बजारमा हरियाली छाउँदा सात महिनापछि नेप्से सूचक १६ सय अंकमाथि उक्लिएको छ । बुधबार साढे १४ अंकले बजार बढेपछि नेप्से सूचक १६००.९७ विन्दुमा उक्लिएको छ । कारोबारमा आएका अधिकांस समूहमा सुधार आएपछि बजार बढेको हो । यसदिन कारोबारमा आएका उत्पादन र लघुवित्त बाहेक सबै समूहका सूचक उकालो लागेका छन । विशेषगरी जलविद्युत कम्पनीहरुको शेयरमूल्य उच्चदरले बढेको छ । बुधबारको बजारमा १९५ कम्पनीको एक करोड २६ लाख ९९ हजार ५३५ कित्ता शेयर ३ अर्ब ३५ करोड बराबरमा किनबेच भएका छन् । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने क्रम सुरु भएपछि शेयर बजारमा लगानीकर्ताको आकर्षण थपिएको छ।
काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अस्ति सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको हो । बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिए । सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।
