Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौं उपत्यकामा शनिबार थप २ सय १६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्। उनका अनुसार काठमाडौं १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० संक्रमित थपिएका हुन्। यसअघि शुक्रबार उपत्यकामा १ सय ८२ सय संक्रमित थपिएका थिए।
काठमाडौँ: कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। विगत २४ घण्टामा भएको पिसिआर परीक्षणका क्रममा मृतक ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यसरी मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका, ६८ वर्षीय पुरूष, पर्साका ३ जना पुरूष (६१, ५८ र ४८ वर्षीय), बाराका ५८ वर्षीय पुरूष, सिराहाका ६८ वर्षीय पुरूष, मकवानपुरका ५६ वर्षीय पुरूष र भक्तपुर ७३ वर्षीय पुरूष गरी ९ जना छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा देशभर ६ सय ३४ जना संक्रमित थपिएका छन्।
काठमाडौँ: शनिबार ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको गौतमले बताए। आजसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको पिसिआर परीक्षण गरिएको छ। गत २४ घण्टामा जम्मा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमणबाट १ सय ४६ जनाको मृत्यु भएको छ।
काठमाडौँ: कोरोनाभाइरस (कोभिड-१९) का बिरामीले अस्पताल भर्ना हुनुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले बिरामी कोभिड अस्पतालमा भर्ना हुनुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने बताएको हो। ‘अस्पतालमा कोभिड- १९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसयू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ’, स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ का बिरामीको उपचारका लागि भनेर निश्चित अस्पताल तोकेको छ।
डोटी: अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताउनुभयो । सो बाढीपहिरामा बगेर छ जनाको मृत्यु भएको थियो । मृत्यु भएका छ जनाको शव फेला परी पहिचान भइसकेको छ । बाढीले बगाएर मृत्यु हुनेहरुमा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष १५ को नवीन साउद, वर्ष ३३ की गौरी शाह, वर्ष…
दार्चुला: निर्माणाधीन दार्चुला–तिङ्कर सडक खण्डको ट्र्याक खुलेको ४० किलोमिटर सडकखण्ड डेढ महिनादेखि अवरुद्ध भएको छ । १२ वर्ष अघिबाट निर्माण शुरु भएको सो सडकखण्डको खलङ्गादेखि व्यास गाउँपालिकाको सुनसेरा तुसरपानीसम्म सडकको ट्र्याक खुलेको थियो तर बर्खा शुरु भएसँगै यो क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । खलङ्गादेखि दुहुँको हिकिलासम्म मात्रै झण्डै आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको छ । हिकिलादेखि सुनसेरासम्म पनि सोही मात्रामा सडक अवरुद्ध भएको छ । तत्काललाई दुहुँ गाउँपालिकाको हिकिलासम्म सडक पुनः सञ्चालन गर्न पनि निकै सास्ती छ । “निर्माणाधीन सडक अवरुद्ध भएसँगै दुहँु र व्यासको जनजीवन अस्तव्यस्त बनेको छ”, दुहुँ गाउँपालिका–५ का जयदेव महराले भन्नुभयो, “पैदल…
लहान: मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब सङ्कलन गरिएको थियो । स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उहाँको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताउनुभयो । उहाँको कोरोना सङ्क्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको प्रमुख…
काठमाडौँ: विश्व स्वास्थ्य संगठन (डब्लू.एच.ओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेएससले कोरोना भाइरस महामारी दुई वर्षभित्र साम्य हुन सक्ने बताएका छन्। शुक्रवार जेनेभामा बोल्दै टेड्रोसले सन् १९१८ मा देखिएको स्पेनिस फ्लू सकिन दुई वर्ष लागेको सम्झिँदै भने,’तर हाल प्रविधि र विज्ञानको विकास भएको छ। त्यसैले कोभिड-१९ झन् छोटो समयमा सकिन सक्छ।‘ विश्वको संयुक्तताका कारण भाइरस एउटा देशबाट अर्को देशमा चाँडै फैलन सक्ने सम्भावना भए पनि प्रविधिले संक्रमण नियन्त्रणमा लिन सहयोग पुर्याउने बताए। भने,’संक्रमण रोक्न राष्ट्रिय एकता र राष्ट्रव्यापी ऐक्यवद्धताको अवधारणा अपनाउनु पर्छ।‘ कोरोना भाइरसका कारण हालसम्म ८ लाख मानिसले ज्यान गुमाइ सकेका छन्। त्यस्तै २ करोड २७ लाखभन्दा बढी मानिस…
काठमाडौँ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ उनको निवास कोटेश्वरमा खटिएका ९ सुरक्षाकर्मी कोरोना संक्रमण भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको सुरक्षामा खटिएका नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका ७ जनामा कोरोना पुष्टि भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । ‘दुई पटक गरेर आएको रिपोर्टमा सुरूमा ७ सशस्त्र प्रहरी र पछि नेपाल प्रहरीका २ जनामा संक्रमण पुष्टि भएको छ,’ गौतमले भने,’संक्रमित हुनेमा एक जना पीएसओसमेत हुन् ।’ संक्रमण पुष्टि भएका उनीहरू सबैलाई आइसोलेसनमा लगिएको छ। नेता नेपालसहित उनको परीवारका सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौँ: प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिएकामा यस वर्ष काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण भक्तजनले पूजा आराधना गर्न सक्ने अवस्था छैन । यसैले घरमै गणेशको पूजा आराधना गर्नुपर्ने छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका…
