Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: कोरोना भाइरसबाट मृत्यु भएका सप्तरी राजविराजका वृद्धको परिवारका सबै सदस्यमा संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले मृतकका परिवारका पाँचै जना सदस्यको नतिजा पोजेटिभ आएको बताए। पोजेटिभ देखिनेमा मृतककी श्रीमती, छोरा-बुहारी र दुई नाति-नातिनी छन्। उनीहरू ११ वर्ष देखि ६७ वर्ष उमेरका रहेको यादवले जनाए। अहिले संक्रमित सबैलाई घरमै राखिएको छ। ‘सबैजना संक्रमित भएपछि घर नै उहाँहरूको लागि आइसोलेसन भयो। त्यसैले हामीले चिकित्सकको निगरानीमा उहाँहरूलाई घरमै राखेका छौं,’ उनले भने। गत शुक्रबार कोरोना संक्रमित वृद्धको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युपछि उनका परिवारका सदस्यको राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा परीक्षण गर्दा सबैमा संक्रमण…
काठमाडौं: भारत बिहार राज्य सितामणी जिल्ला मुझफरपुर स्थायी वतन भई का.जि. का.म.पा.-२२ खिचाँपोखरी बस्ने राई स्कुल जोरपाटीमा कक्षा-७ मा अध्ययनरत वर्ष ११ को रोहित गुप्ता मिति २०६४/०६/२४ गते बेलुका १७:०० बजेको समयमा घरबाट बाहिर निस्केकोमा ऐ। २०:३० बजेको समयमा अपरिचित व्यक्तिले टेलिफोन गरी निजको बाबु बासुदेब गुप्तासँग छोरा अपहरणमा परेकोले रू।२,५०,००० (दुई लाख पचास हजार) फिरौती रकम दिएमा मात्र छोरा छाड्ने जानकारी गराएको तर फिरौती रकम प्राप्त भए पश्चात पनि बालक अपहरण मुक्त नभएको र खोजतलासका क्रममा मिति २०६४०६२७ गते बेलुका २०:१५ बजेको समयमा का।जि।का।म।न।पा।-३२, कमलादी स्थित गणेश मन्दिर नजिक सडक पेटिमा पलास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा लास…
काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उहाँले आयोजनाको बोलपत्र आह्वान आर्थिक वर्षको शुरुकै महिनामा गरिने दृढता व्यक्त गर्नुभयो । एक वर्षमा सम्पन्न हुने आयोजनामा सकेसम्म भदौ र नसके असोजसम्ममा बोलपत्र आह्वान गरिने उहाँको भनाइ थियो । त्यस्तै एक वर्षभन्दा लामो समयको आयोजनालाई दशैँतिहार, छठलगायत चाडपर्वभन्दा पहिले नै ठेक्का प्रक्रिया शुरु गरिने उहाँको प्रतिबद्धता थियो । उहाँले भन्नुभयो, “मन्त्रालयले गर्ने विकासनिर्माणमा असार कुर्ने होइन, समयमा नै काम गर्छौँ ।” मन्त्री नेम्वाङले अर्को प्रसङ्गमा…
काठमाडौँ: चालू आर्थिक वर्ष ०७७÷७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आजका लागि बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ प्रतिशतले बढेको छ । नेप्से ८४.२६ अङ्कले बढेर एक हजार ४७९.०३ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १७.३९ अङ्कले बढेर ३१२.४४ मा पुगेको छ । कूल १११ कम्पनीको एक लाख ८० हजार ५९६ कित्ता शेयर रु छ करोड २५ लाख ६६ हजार २९३ मा खरिदबिक्री…
काठमाडौं: सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु साेमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले साेमबारबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि बिहानबाट यातायात सञ्चालन गर्ने बताए । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उनले बताए । कोभिड–१९ संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे । सार्वजनिक यातायात केन्द्रीय…
काठमाडौं: साउनको पहिलो सोमबार (भोलि ५ गते) दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ। सरकारले नै मन्दिर, विद्यालयलगायत धेरै भीडभाड हुने ठाउँ नखोल्ने निर्णय जारी राखेकोले पशुपतिमा भक्तजनका लागि खुल्ला नगरिएको हो। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म भक्तजनका लागि पूजाआजा र दर्शनका लागि मन्दिर खुल्दैन। ‘सरकारले नै मन्दिरलगायत नखोल्ने भनेको छ। साउन ७ सम्म त लकडाउन नै छ,’ उनले भने, ‘नित्य पूजा त भइरहेको छ। भक्तजनका लागि सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म खुल्दैन।’ कोरोनाभाइरस संक्रमण नघटेका बेला भक्तजनका लागि मन्दिर खोल्नु उपर्युक्त नहुने पनि उनले बताए। ‘भट्ट, भण्डारीलगायत पूजारीहरूले पनि सामाजिक…
काठमाडौं: समाजवादी पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा गिरीको मुद्दामा आज सुनुवाइ हुन लागेको हो । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न जारी गरेको ह्वीप नमानेको भन्दै गिरीलाई पार्टीको साधारण सदस्य र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसविरूद्ध गिरीले २८ असारमा पार्टी, संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट हालेकी छन् । उनले आफूमाथिको कारबाही कानून विपरीतको भएको दाबी गर्दै कारबाही गर्ने निर्णय बदर गर्न माग गरेकी छन्। सरकारले लिम्पियाधुरा समेत समेटेको नयाँ नक्शा जारी गरेपछि त्यसलाई नेपालको निशान छापमा समेट्न भएको संविधान संशोधनमा…
काठमाडौं: सत्तारुढ दल नेपाल क्म्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। अर्को बैठक पर्सि ६ गतेका लागि बोलाइएको छ। ‘आज तीन बजे हुने भनिएको स्थायी समिति बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको छ’, कार्यलय सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
काठमाडौं: शेयर बजार ६ प्रतिशतले बढेपछि आजको लागि शेयर बजार बन्द भएको छ। खुलेदेखि नै उच्च रूपले बढ्न थालेको शेयर बजार १२ बजेर ८ मिनेटमा ६ प्रतिशतले बढेपछि बजार बन्द भएको हो। आइतबार बजार खुलेको ६ मिनेटमा नै पहिलो सर्किट लागेर २० मिनेट पछि खुलेकाे बजारमा पहिलाे मिनेटमा नै दोस्रो सर्किट लागेको थियो। सो पश्चात ४० मिनेटपछि खुलेको बजार एक मिनेटमानै एक प्रतिशतले बढेपछि बजार बन्द भएको हो। आइतबारको बजारमा लगानीकर्ताले कुल ८ मिनेट मात्रै शेयर कारोबार गर्न पाएका छन्। यस अवधिमा कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढेको छ।
काठमाडौं:पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज हुँदैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग उठेपछि असार २० यता लगातार स्थगित हुँदै आएको बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको हो । गत असार १० गते सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि फुटको संघारमा पुगेको नेकपाको विवाद तत्कालका लागि मत्थर हुने संकेत देखिएको छ । शनिबार भएको सचिवालय बैठकमा ओलीले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशन आगामी मंसिरमै गर्ने प्रस्ताव अघि सारेपछि प्रचण्डले सहमति जनाएको बताइएको छ ।…
