Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बारा; बाराको निजगढमा बन्ने दोस्रो अर्न्तराष्ट्रिय विमानस्थल निर्माणको पूर्वतयारी गर्न अहिलेसम्म ६७ करोड रुपैयाँ खर्च भएको छ । विमानस्थलको चारकिल्ला घेर्न ५४ किलोमिटर लम्वाई तारवार सम्पन्न गर्न ४ करोड ४३ लाख खर्च भई सकेको छ भने, ६५ विघा १५ कठ्ठा जग्गा मु-आब्जाका लागि ४३ करोड ६४ लाख वितरण आयोजनाका प्रमुख इन्जिनियर विजय यादवले बताए । अध्यक्ष यादवका अनुसार विमास्थलको पूर्वतर्फ बकैया खोलामा तटबन्ध निर्माणका लागि प्रकृया अघि बढी सकेको जसको ठेक्का चार्डै नैं हुने पश्चिम तर्फ रहेको पसाहा खोलामा २.५ किलोमिटर तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । यसैबीच सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि निजगढ…
काठमाडौँ; कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर…
काठमाडौँ; पछिल्लो २४ घन्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार थपिएका संक्रमित मध्ये २८६ पुरुषा र ३७ महिला भएको स्वास्थ्य मन्त्रालयको जनाएको छ। शुक्रबार सम्म २९१२ जनामा कोरोना संक्रमण देखिएको थियो। यो सँगै कोरोना संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ। शनिबार थप ३२ जना डिस्चार्ज भएका छन्। योसँगै उपचार पछि निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ।
काठमाडौँ: चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ । त्यसैगरी, बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ…
काठमाडौँ: काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा आज पानी पर्ने मौसमविदले बताएका छन् । भोलिबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने छ । अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि नै झरी परिरहेको छ । अहिले प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र देशका अन्य धेरै स्थानमा हल्का वर्षा भइरहेको छ । हिँजो सुदूरपश्चिम र कर्णाली क्षेत्रमा बढी पानी परेको थियो । आज ती क्षेत्रका पहाडी भागमा बदली छ भने तराईका केही भूभागमा पानी परिरहेको छ । हिजो कैलालीको धनगढीमा ६८ मिलिमिटर पानी परेको रेकर्ड गरिएको छ । काठमाडौं…
हेटौँडा: शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिनुभएको छ । हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दूरीको उक्त सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ ।
एजेन्सी: भारतको कोरोना संक्रमित संख्याले इटालीको संक्रमित संख्यालाई उछिनेको छ। पछिल्लो विश्व विवरण अनुसार इटालीलाई उछिन्दै धेरै संक्रमित भएको मुलुकमा भारत छैटौं स्थानमा पुगेको छ। टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार भारतमा संक्रमित संख्या २ लाख ३६ हजार १ सय १७ पुगेको छ, जबकी इटालीको कुल कोरोना संक्रमित संख्या २ लाख ३४ हजार ५ सय ३१ रहेको छ। यसैगरी कोरोनाका कारण हुने दैनिक मृत्यु संख्यामा पनि भारतले नयाँ रेकर्ड कायम गरेको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार भारतमा एकैदिन ३ सय जनाको कोरोनाका कारण ज्यान गएपछि दैनिक मृत्युदरमा नयाँ रेकर्ड बनेको हो। योसँगै शुक्रबारसम्म भारतमा कोरोनाबाट मृत्युसंख्या ६ हजार ५…
काठमाडौं: सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरडीटी र पीसीआर परीक्षण नगर्ने भएको छ । तर, विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, सरकारले उनीहरूको सुझावलाई बेवास्ता गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरस पहिचानका लागि आरटीपीसीआर विधि नै उपयुक्त भएको बताए पनि क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने योजनामा सरकार पुगेको हो । जसका कारण संक्रमणको दर अत्यधिक बढ्ने खतरा देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस पहिचानका लागि आरडीटी कीट प्रयोग नगर्न पटक पटक भन्दै आएको छ । तर, संक्रमणको स्रोत नै…
काठमाडौँ: म्यानमारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टिनमा पठाएको छ । बिहान ११ः०० बजे काठमाडौँ आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौँको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो । म्यान्माबाटै पिसिआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर आजै होम क्वारेन्टिनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । मकवानपुरका एक जना होल्डिङ सेन्टरमा रहेकाले पछि पठाइने जनाइएको छ । आज म्यान्माबाट आउनेमा वाग्मती प्रदेशका १७ जना छन् । गण्डकी प्रदेशका चार, प्रदेश नं १ का चार र प्रदेश नं ५ का एक जना छन् । सेन्टरको व्यवस्थापन नेपाली…
काठमाडौँ: केहीबेर अघि संयुक्त अरव इमिरेट्स (युएइ) बाट १६८ जना नेपाली नागरिक लिएर नेपाल अवतरण गरेको छ । युएईको सारजहाँ एयरपोर्टबट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत १६८ नेपाली नेपाल फर्केका हुन् । त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले विमान ५ः३८ ल्याण्ड गरेको जानकारी दिनुभयो । यस अघि अन्तिम समयमा भाडाको बिषयमा कुरा उठेपछि जहाजको उडान बिहान स्थगित भएको थियो । साे विमानमा एक जनाका शव पनि रहेकाे विमानस्थलका अधिकारीहरूले बताएका छन् । युएइबाट नेपाल भित्रने नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरि नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । यसअघि म्यानमारबाट…
