Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

एजेन्सी: फेसबुकले अमेरिकाकी नव–निर्वाचित कमला ह्यारिसबारे विभिन्न जातीवादी र महिला विरोधी आपत्तिजनक सामग्री, मीम्स र कमेन्ट हटाइदिएको छ । बीबीसीले फेसबुकलाई यसबारे जानकारी दिएपछि यस्तो गरिएको हो । बीबीसीले फेसबुकलाई यस्ता तीन समूहबारे जानकारी दिएको थियो जसले लगातार घृणायुक्त सामग्री पोस्ट गर्ने गर्छन् । फेसबुकका अनुसार उसले आफ्नो मञ्चबाट घृणा फैलाउने ९० प्रतिशत सामग्रीलाई ऊजुरी गर्नुअघि नै हटाएको छ । यद्यपि, कमला ह्यारिसबारे घृणायुक्त सामग्री हटाएपछि फेसबुकले यी सामग्री पोस्ट गर्ने समूहविरुद्ध आफूहरुले कुनै कारवाही नगर्ने बताएको छ । मिडियाको निगरानी गर्ने एक संस्था मिडिया म्याटर्सका अध्यक्ष एन्जेलो केरुसोनले यसबारे भने, ‘मिडियाको उजुरीपछि सामग्री हटाउनुले यो दर्साउँछ कि फेसबुकको नियम…

Read More

काठमाडौँ: सर्वपक्षीय जिल्ला सङ्घर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ । सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला सङ्घर्ष समिति सर्लाहीले जनाएको छ । सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा नाका लामो समयदेखि बन्द रहेका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा नाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ)…

Read More

काठमाडौँ: कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ मा कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । गत १२ साउनको मन्त्रिपरिषद् बैठकले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । सोहीअनुसार विद्यालय सञ्चालन वा बन्द गर्ने कार्यलाई व्यवस्थित र…

Read More

काठमाडौँ: नेकपाभित्र विवाद बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेको बाहिरिएको केही घण्टामै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि दर्जनौ प्रश्न उनको आलोचना गर्दै छु्ट्टै प्रस्ताव ल्याएपछि नेकपाभित्रको विवादले थप उग्र रुप लिएको छ । विवादले पार्टी गम्भीर मोडमा पुगेको सन्दर्भमा राष्ट्रपतिले चासो देखाउँदै छलफल तीव्र पारेकी हुन् । स्रोतका अनुसार मंगलबार अबेरसम्म राष्ट्रपति र प्रधानमन्त्रीबीच नेकपा विवादका विषयमा छलफल भएको छ । ओलीसँगको छलफलअघि प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले पार्टी नफुटाउन र दुबै अध्यक्ष मिलेर…

Read More

काठमाडौँ: काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा सोमबार राति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भएका कृष्ण बहादुर तामाङको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो। घटनामा मृतककी ३५ वर्षीय बहिनी बिपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ जलेर घाइते भएका छन्। उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बिपना तामाङको शरिरको विभिन्न भागमा ३० प्रतिशत जलेको छ भने दावा तामाङको शरिरको विभिन्न भागमा १२ प्रतिशत जलेको छ।…

Read More

काठमाडौँ: आज (२ मंसिर) देखि काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाउन सरकारले निषेध गरेको छ। कोरोना महामारीका कारण रोजगारी गुमाएका विपन्न नागरिकलाई विभिन्न संघ संस्थाले खुलामञ्चमा दिनहुँ निःशुल्क खाना वितरण गर्दै आएका थिए। खुला ठाउँमा खाना खुवाउँदा असुरक्षित हुने र त्यसबाट कोरोना संक्रमणको जोखिम झन् बढ्ने भएकाले यस्तो निर्णय गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउने संघ संस्थाका प्रतिनिधिबीच खुला र सार्वजनिक स्थानमा अब खाना नखुवाउने सहमति नै भएको छ। त्यही सहमति अनुसार आज (मंगलबार)देखि खुलामञ्चमा खाना वितरणको कार्यक्रम बन्द गर्न लागिएको हो। कोरोना संक्रमणको कारण रोजगारी गुमाएका बिपन्न नागरिकलाई रोजगारी दिनु…

Read More

काठमाडौँ: नेवार समुदायका कतिपयले मंगलबार भाइटीका लगाउँदै छन्। आज नेवारी समुदायले किजा पूजा पनि गर्दैछन्। किजा पूजा र कतिपय नेवार समुदायले आजै भाइटीका लगाउने भएकाले सरकारले आज (मंगलबार) देशैभरी सार्वजनिक बिदासमेत दिएको छ। मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाइँन्छ। तर, यस वर्ष तिथि गटबढको कारण कतिपय नेवार समुदायले आज पनि भाइटीका लगाउन लागेका हुन्। यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो। सोमबार म्ह (आत्म) पूजा गरेका नेवार…

Read More

काठमाडौँ: कोरोना संक्रमणका कारण काठमाडौंमा दुई वरिष्ठ चिकित्सकको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन भएको हो। मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार डा. झाको आज बिहान र डा. थापाको शनिबार राति निधन भएको हो। बिरामीहरूको उपचारकै क्रममा कोरोना संक्रमण भई उनीहरूको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ। उनीहरूको मृत्युले देशलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले पीडित परिवारमा समवेदना प्रकट गरेको छ।

Read More

एजेन्सी: भारतको विहारमा ७ औं पटक मुख्यमन्त्री बन्न सफल भएका नितिशकुमार नेतृत्वको मन्त्रिमण्डलमा १४ जना नयाँ मन्त्री बनेका छन् । सोमबार सपथ लिएका नितिशकुमारले १४ जनालाई मन्त्री बनाएका छन् । त्यसमध्ये नितीशका साथ विधायक तारकिशोर प्रसादले मन्त्रीको सपथ लिएका छन् । यस्तै रेणुदेवीले पनि मन्त्रीको सपथ लिएकी छन् । हालसम्म कसको बरियता के हुने भन्नेबारे केही नबताइएपनि उनीहरु दुबै उप मुख्यमन्त्रीको भूमिकामा रहन सक्ने बताइएको छ । दुबै मन्त्री नितीशकुमार निकट मानिन्छन् । एउटा रोमाञ्चक पक्ष के छ भने नितिशकुमारको मन्त्रिमण्डलमा सबै मन्त्री करोडपति छन् । नयाँ मन्त्रीमण्डलमा सबैभन्दा धनी मन्त्री भारतीय जनता पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका…

Read More

काठमाडौँ: हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ  । मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार  बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने…

Read More