Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- विद्युत सेवा भरपर्दो बनाउन वितरण प्रणाली सुधार्न ऊर्जा मन्त्रीको निर्देशन
- आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
- नेपाललाई एडीबीको २५ अर्ब बढी सहुलियतपूर्ण ऋण
- ऊर्जामन्त्री श्रेष्ठका १०० दिन: नीतिगत सुधारदेखि ऊर्जा पूर्वाधार विस्तारसम्म
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा र आर्थिक कूटनीतिमा पहल
- सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन, हालसम्म ५० प्रतिशत भौतिक प्रगति
- डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
- पेट्रोलको मूल्य २०, डिजेलको ३० र ग्यासको १०० रूपैयाँले घट्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर बढाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार (बिहान साढे ९ बजेसम्म) उनले थपासँगको मतान्तर ६ हजार भन्दा बढी पुर्याएका छन् । जानकारी अनुसार यी दुईबीचको मतान्तर ६ हजार २ देखिएको छ । यहाँ रास्वपाका उम्मेदवार सिंहले १४ हजार ४३४ मत ल्याएका छन् । कांग्रेस सभापति थापाको पक्षमा आठ हजार ४६२ मत गणना भएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार अमनिश यादवले दुई हजार २६१ मत पाएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री घोषणा गरेका बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतान्तर झन् बढाउँदै लगेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार झापा ५ मा उनी नेकपा एमालेका अध्यक्ष ओलीभन्दा २९ हजार बढी मतले अगाडि देखिएका छन् । बालेनले ३९ हजार २८४ मत ल्याउँदा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन् । झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत ल्याएकी छन् । यहाँ अन्य उम्मेदवारले चार अंकको योगफल जोड्न सकेका छैनन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित…
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशभर पार्टीले ब्यहोरेको पराजयसँगै पार्टीको नेतृत्व, नीति र कार्यसम्पदानबारे गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिने बताएका छन् । रुपन्देही-२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका पौडेलले यसपटकको चुनावमा एमाले उम्मेदवारहरुको पराजय उनीहरुको व्यक्तिगत कारण नभएको बताए । पौडेल रास्वपाका सुलभ खरेलसँग ४० हजार बढी मतान्तरले पराजित भएका छन् । निर्वाचन आयोगले भने औपचारिक घोषणा गर्न बाँकी छ । बालेन शाहको प्रवेशपछि रास्वपाको पक्षमा आएको देशव्यापी लहरमा मतदाताले अन्य दलका उम्मेदवारको क्षमता, योगदान केही नहेरी चुनाव चिन्हलाई मात्रै हेरेर मतदान गर्दा अरु सबै दलका लागि प्रतिकूल नतिजा आएको बताए ।
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । निर्वाचन आयोगले खरेल विजयी भएको जनाएको छ । उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् । त्यस्तै निकटतम् प्रतिस्पर्धी पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । तेस्रोमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाए ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् । यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७९६ मत बदर भएको थियो । लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहीँ क्षेत्रबाट चुनाव जितेका थिए ।
काठमाडौँ: प्रतिनिििध सभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखाएको छ । शनिबार बिहानसम्म रास्वपाले १५ क्षेत्रमा जित निकाल्दा १०६ जनाले अग्रता कायम गरेका छन् । त्यसैगरी नेपाली कांग्रेस ४ क्षेत्रमा विजयी भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई क्षेत्रमा विजयी भएको छ । कांग्रेसको अग्रता १० ठाउँमा देखिन्छ भने १३ ठाउँमा नेकपा अगाडि छ । नेकपा एमालेले एक ठाउँमा जित निकाल्दा १० क्षेत्रमा अगाडि छ । हर्क साम्पाङको श्रम संस्कृति पार्टीले भने पाँच ठाउँमा अग्रता देखाएको छ ।
काठमाडौं: बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ । निर्वाचन आयोगका अनुसार दिउँदो तीन बजेसम्म देशभरी ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।
काठमाडौँ: आज बिहान ७ बजेदेखि देशभरका १६५ मतदान केन्द्रमा मतदान जारी छ। यसैबिच नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजार मत खसेको छ। मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको निर्वाचन आयोगले जनाएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् देशमा पहिलोपटक प्रतिनिधि सभा निर्वाचन भइरहेको हो।
काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन्। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट मतदान गरेका उनको सचिवालयका सदस्य रविन मुडभरीले जानकारी दिए। कांग्रेस सभापति थापा सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। मतदान गरेर थापा हेलिकप्टरमार्फत केहीबेरमै सर्लाही ४ जाने उनको सचिवालयले जनाएको छ।
काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छन्। मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको उनले बताइन्। तपाईंको नेतृत्वमा निर्वाचन भइरहेको छ, कस्तो लागिरहेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदै छ, म अत्यन्त खुसी छु।’ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् देशमा पहिलोपटक प्रतिनिधि सभा निर्वाचन भइरहेको हो। आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। उक्त सरकारको मुख्य जिम्मेवारी यही निर्वाचन गराउनु हो।