Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावको मुखमा सिंगापुर गएका छन्। स्वास्थ्य उपचारको लागि भन्दै देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ। बुधबार राति ११: ३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट देउवा सिंगापुर गएका हुन्। पार्टी नेतृत्वमा गगन थापा आएपछि देउवा पार्टी राजनीतिमा पूर्णरूपमा निष्क्रिय छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनीमाथि बुढानिलकण्ठस्थित निवासमै कुटपिट भएको थियो। त्यतिबेला पनि उनले सिंगापुरमै उपचार गराएका थिए। देउवाको गृहजिल्ला डडेल्धुराबाट यसपटक कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। तर, देउवाले यसपटक आफ्ना उम्मेदवारलाई मत माग्नेतर्फ पनि चासो देखाएका छैनन्। उनी मतदान गर्न पनि जान्छन्, जाँदैनन् ठेगान छैन।

Read More

वीरगञ्ज: पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ।प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार बिहान पौने १० बजेदेखि अर्को आदेश जारी नहुँदासम्म कर्फ्यू आदेश जारी गरेका हुन्। आइतबार वीरगन्ज क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। त्यस झडपले ठूलो रूप लिन सक्ने भन्दै प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो। पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म सीमा तोकेको छ। यस अवधिमा कसले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक नगर्न प्रशासनले अनुरोध गरेको छ। एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मीहरू, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षाका परीक्षार्थी एवं कर्मचारी, पर्यटक सवारीसाधन,…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका शाहले आफ्नो घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन् । उनले सङ्घीय सांसदको हैसियतले गर्ने काम उक्त वाचापत्रमा समेटेका छन् । ‘मेरो प्रतिबद्धता’ अन्तर्गत उनले शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका र पर्यटन तथा उद्योग क्षेत्रमा गर्न चाहेका योजनारू उल्लेख गरेका छन् । खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिका क्षेत्रमा आफूले गर्ने कार्य उनले बुँदागत रूपमा वाचापत्रमा प्रस्तुत गरेका छन् । “स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका…

Read More

काठमाडौँ: धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा घाइते भएका एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको हो। काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार ३२ वर्षीय एक पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। उनको परिचय खुलेको छैन। दुर्घटनापछि २३ जनालाई काठमाडौं ल्याइएको थियो। तीमध्ये १० जनालाई नेसनल अस्पताल कलंकी र १३ जना ट्रमा सेन्टरमा लगिएको थियो। पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस गएराति करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी राजमार्ग सडकखण्डबाट त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु…

Read More

ललितपुर: अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा उनले निर्वाचनलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए । अर्थमन्त्रीले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको बताउँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गरे । उनले पर्यटनलाई उद्योगसरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरे । सरकारले दशको अर्थतन्त्रको उन्नयनका निम्ति पनि हरसम्भव प्रयत्न गरिरहेको बताउँदै अर्थमन्त्रीले त्यसका लागि विविध नीतिगत काम भएका जानकारी दिए ।

Read More

काठमाडौँ । राजधानी काठमाडौँमा वायुको गुणस्तरको अवस्था निकै दयनीय रहेको छ । हाल काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको हो । वायु प्रदूषण्को तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ । यसको अर्थ काठमाडौँको वायुको गुणस्तर ‘अस्वस्थ’ रहेको छ । ० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ । काठमाडौँको हावामा पीएम२.५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणा बढी रहेको आईक्यू एयरको तथ्यांकले देखाएको छ । काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटीलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण मापन गरिएको छ…

Read More

काठमाडौं:पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ । त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर १५५ रुपैयाँ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३.५० रुपैयाँ कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो सात महिनामा वैदेशिक लगानी प्रतिवद्धता ४० अर्ब बढी भएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि माघमसान्तसम्म ५२४ वटा उद्योगमा ४० अर्ब २८ करोड ३३ लाख ८० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको सात महिनामा ३८६ उद्योगमा २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो । गत आवको ७ महिनामा ३७५ साना, ७ मध्यम र ४ ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षको ७ महिनामा ८ ओटा ठूला, ८ वटा मध्यम र ५०७ वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त…

Read More

काठमाडौँ: आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यता, आइतबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

Read More

काठमाडौँ: महाशिवरात्रि पर्वको कारण यतिबेला पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो लागेको छ। पशुपतिसहित देशभरका शिवालयहरुमा आज शिवको पूजा, आराधना गरी शिवरात्रि पर्व मनाइँदै छ। महाशिवरात्रिमा भगवान् शिवको पूजा आराधना गर्ने परम्परा छ। पशुपति मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि ठूलो संख्यामा भक्तजन पुगेका छन्। जसले पशुपति क्षेत्रको रौनकता बढाएको छ। यस वर्षको महाशिवरात्रिमा कम्तीमा पनि आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ। यस वर्ष करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले जानकारी दिए। ‘दर्शनार्थीको अत्यधिक भीड व्यवस्थापन गर्न हामीले चारवटा छुट्टाछुट्टै…

Read More