Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न, छिटै नेपाल सरकारलाई सडक हस्तान्तरण गर्ने

    कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न, छिटै नेपाल सरकारलाई सडक हस्तान्तरण गर्ने

    पहिलोक्लिकपहिलोक्लिकNovember 27, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ ।

    सडक निर्माणको काम पूरै सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरेको हो ।

    “सडक निर्माण कार्य सकिएपछि अहिले सडक चिन्ह् लगाउने काम भइरहेको छ”, उनले भने, “सडक चिन्ह् सकिएपछि नेपाल सरकारलाई सडक हस्तान्तरण हुनेछ ।” सडक निर्माणका क्रममा एक तहको कालोपत्रे सकिएपछि दोस्रो चरणको कालोपत्रे भएको योजनाले जनाएको छ । दोस्रो चरणको कालोपत्रे सकिएपछि सडकमा विभिन्न चिन्ह् लगाइएको हो । अहिले छुट भएका वा कतै समस्या आएका ठाउँमा काम भइरहेको छ र उनले भने, “केहि दिनमा यसको सम्पूर्ण कार्य सकिन्छ ।”

    यो सडक खण्डमा चिनियाँ सरकारले जिम्मा लिएको काम सकिँदा नेपाल सरकारले जिम्मेवारी लिएको काम कतै अघि बढेको छ, भने कतै अघि बढ्न सकेको छैन । आठ लेन सडक भन्दा बाहिर दुबैतर्फ एक एक लेनको सर्भिस ट्र्याक (सेवा सडक) निर्माण नेपाल सरकारले जिम्मेवारी लिएको हो । यसमा केहि स्थानमा मात्र काम अघि बढेको छ ।

    सर्भिस ट्र्याकमा पर्ने घर टहरा नहट्दा कतिपय ठाउँमा काम हुन सकेको छैन । यो सडकमा १० वटा आकाशे पुल छन् । चिनियाँ सरकारले जिम्मेवारी लिएका तीन पुलको निर्माण सम्पन्न भइसकेको छ ।

    उनले भने, “नेपाल सरकारले गर्ने भनिएका आकाशे पुलमा कतै काम अघि बढे भने कतै ठेक्काको प्रक्रियामा छ ।” चार वर्ष पहिले ४० महीनामा निर्माण सम्पन्न गर्ने गरेर सडक निर्माण शुरु भएको थियो ।

    गतवर्ष नै सक्ने गरेर नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो । विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा समयमा काम नसकेको जनाएको छ । त्यसपछि सरकारले एक वर्ष अवधि थप गरेको थियो ।

    थप भएको अवधि ९आगामी डिसेम्बर० भित्रै सरकारलाई हस्तान्तरण गरिने योजना छ । नेपालमा पहिलो पटक बनेको ‘अण्डर पास’ भूमिगत सडक लाई यो सडकको विशेषता मानिएको छ । भूमिगत सडक खसी बजारचोकदेखि कलङ्कीसम्मको सडक निर्माण सम्पन्न भएर सञ्चालनमा समेत आइसकेको छ । सडकको मुख्य लेन माथि सडकमा र सहायक लेन जमीनमुनि छ ।

    निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुबै छन् । सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ सरकारले कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक निर्माण गर्न इच्छा देखाइसकेको छ ।

    सडक निर्माणका क्रममा काम गर्ने स्थान खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएको योजनाले जनाएको छ । पाइपलाइन, विद्युत्का खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ््याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा ढिलाइ भइरहको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा रहेका घरटहरा भने अझै हटेका छैनन् ।

    यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि सर्भिस ट्र्याक समेत गर्दा यो सडक १० लेनको हो । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुबैतर्फ सहायक लेन छन् । चक्रपथ छिर्न सर्भिस ट्र्याक पनि छन् । जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् ।

    दश दशमलव ४ किलोमिटरको उक्त सडकमध्ये सात दशमलव छ किलोमिटर काठमाडौँ र दुई दशमलव आठ किलोमिटर सडक ललितपुरमा पर्छ ।

    Facebook Comments Box

    कोटेश्वर–कलङ्की सडक
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    कहाँ छन् जेन-जी आन्दोलनमा सम्पर्कबिहीन भनिएका २० युवाहरु?, अभिभाकहरुद्वारा सार्वजनिक गर्न माग

    September 9, 2025

    आरजु राना देउवाको युलेन्स स्कुलमा आगजनी

    September 9, 2025

    कामीरिताले ३१ औं पटक सगरमाथा आरोहण गरेर राखे विश्व रेकर्ड

    May 27, 2025

    विद्युत् विधेयक सङ्घीय संसद्मा पेश गर्ने निर्णय

    August 29, 2023

    सभामुखले प्रमाणित गरे दुवै सदनबाट पारित बजेटसम्बन्धी विधेयक

    July 14, 2023

    शरणार्थी प्रकरणका फरार प्रतिवादी बुढाथोकी पक्राउ

    June 26, 2023
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.