काठमाडौँ: सरकारले लाेकसेवा अायाेगकाे सुझावसहित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गर्ने निर्णय गरेकाे छ।
साेमबार बसेकाे मन्त्रिपरिषदको बैठकले निजामती कर्मचारी समायाेजन अध्यादेश-२०७५ लार्इ स्वीकृत गर्दै राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेकाे, एक मन्त्रीले जानकारी दिए।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अध्यादेश कार्यान्वयनमा अाउनेछ। त्याे सँगै निजामती सेवाका ८९ हजार ३९ र स्थानीय तहमा रहेका २० हजार गरी कूल १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरू हुनेछ।
यसअघि अध्यादेश मस्याैदामा रहेकाे श्रेणीगत र तहगत समायोजनमध्ये कुनै एउटाका अाधारमा समायाेजन गरिनुपर्ने विषय अध्यादेशमा परेकाे स्राेतले जानकारी दियो।
लोकसेवाले एकरुपता अपनाउन भनेपछि अध्यादेशमा त्यसैअनुसार व्यवस्था गरिएकाे छ।