काठमाडौँ: नेपाल पेट्रोलियम ढुवानी व्यावसायी महासंघले पुष २३ गतेदेखि सम्पूर्ण ट्यांकरसहित चावी नेपाल आयल निगमलाई बुझाउने भएका छन् ।
बिगत छ महिनादेखि ढुवानी विनियमावली संशोधनको माग राखेपनि हालसम्म निगमले कुनै चासो नराखेको भन्दै महासंघले सम्पूर्ण ट्यांकरसहित चावी निगमलाई बुझाउन लागेको महासंघका महासचिब विश्वप्रकाश अर्यालले पहिलोक्लिकलाई बताए ।
उनले भने- “हालको पेट्रोलियम ढुवानी विनियमावली व्यवहारिक नभएको र यसबाट ढुवानीकर्ताले पेट्रोलिम पदार्थ ढुवानी गर्न नसक्ने भन्दै छ महिना अगाढी संसोधनको माग राखेका थियौ तर निगमले कुनै चासो दिएन र हामी यो कदम चल्न बाध्य भएका हौ ।”
हाम्रो उदेश्य तेलको आपूर्ति रोक्नु र जनतलाई अप्ठ्यारो पर्ने होइन उनले भने सरकारले आफ्नै चालक राखेर ट्यांकर चलाउन सक्छ र यसबाट जे परिणाम आउछ त्यहि अनुरुप विनियमावली संसोधन गरे हुन्छ हामी मान्न तयार छौ ।
हाम्रो मुख्य चासो भनेको ढुवानी गर्दा हुने तापक्रम क्षतीमा हुने व्यवस्था व्यवहारिक नभएकोले यसलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनुपर्छ भन्ने हो ।
हाल निगमले तापक्रममा हुने क्षतीको एक प्रतिशत मात्र व्यहोर्ने गर्दछ जबकि भारतबाट नेपालसम्म तेल ल्याउँदा तापक्रम घटबढका कारण २ प्रतिशतसम्म क्षती हुने गर्दछ जुन ट्यांकर चालक र व्यवसायीले व्यहोर्ने गरेको उनले बताए ।
” तापक्रमका कारणले हुने क्षतिमा ट्यांकर व्यवसायीले व्यहोर्नु के के जायज हो र” उनले प्रश्न गरे ।
हाल व्यवसायीसंग दुई हजार ट्यांकर, चालक र एक सहयोगी छन् ।
भारतीय आयल कर्पोरेसनमा नेपाली ट्यांकरलाई तेल भर्न असहज र भारतीय पक्षले पेल्ने चालकहरुले गुनासो गर्दै आएका छन् ।
