काठमाडौँ: रक्सौल-अमलेखगञ्ज पाइपलाईन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। रक्सौलदेखि बाराको अमलेखगन्जसम्म ३६ किलोमिटर मध्ये हालसम्म २६ किलोकिलोमिटरमा पाइपलाइन विछ्याउने काम सकिसकेको र बाँकि १० किलोमिटरको बनक्षेत्रमा पनि छिट्टै पाइपलाइन विछ्याउने काम शुरु हुने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले पहिलोक्लिकलाई बताए ।
मोतीहारीदेखि रक्सौलसम्म ३२ दशमलव ६८ किलोमिटर र रक्सौलदेखि बाराको अमलेखगन्जसम्म ३६ किलोमिटर गरी कुल ६८ किलोमिटर क्षेत्रमा पाइपलाइन विछ्याउने काम भइरहेको छ ।
उनले भने भारत तर्फको क्षेत्रमा पनि पाइपलाइन विछ्याउने काम लगभग सकिसकेको छ ।
नेपालतर्फको पर्सा बन्यजन्तु आरक्षमा रुख कटानको काम जति छिटो शुरु हुन्छ तेती चाँडो पाइपलाइनबाट अमलेखगञ्जमा तेल ल्याउन सकिने उनले बताए ।
उनका अनुसार निगमले बैशाखभित्र पाइपलाइनबाट अमलेखगञ्जमा तेल ल्याउने गरि काम आघि बढाएको छ ।
उनले भने -“पाइपलाइनबाट अमलेखगञ्जमा बैशाखभित्र कमसेकम डिजेल ल्याउने हाम्रो उदेश्य रहेको छ जुन सम्भब पनि छ ।”
मन्त्रीपरिषदबाट रुख काट्ने स्वकृति पाउनासाथ रुख काट्ने र पाइपलाइन विछ्याउने काम संगसंगै शुरु गर्ने तयारी गरेको भट्टराईले बताए ।
बन मन्त्रालयले रुख कटानको स्व्रिकृतिको लागि मन्त्रीपरिषदमा प्रस्ताब लागिसकेको र सम्भवत आज बस्ने क्याबिनेटले स्व्रिकृति दिने आपेक्षा निगमको रहेको छ ।
उक्त बन क्षेत्रमा लगभग ६ हजार ६ सय ५३ बयस्क रुख कटान गर्नुपर्ने छ। सरकारी परियोजना भएकोले हामीले रुख कटानको जिम्मा टिम्बर कर्पोरेसनलाई नै दिनेगरी क्याबिनेटबाट निर्णय गराउने गरी प्रास्ताव पेश गरीएको भट्टराईले बताए।
कम शुरु भएको ७ महिनामा लगभग ७० प्रतिशत काम सकिएको बताउँदै परियोजनाले निर्धारण गरेको भन्दा धेरै आगाडी पाइपलाइनको काम सकिने भट्टराईको भनाई छ ।
परियोजनाको कम शुरु भएको तीस महिनाभित्र सकिने लक्ष्य राखिएको थियो ।
भारत सरकार, भारतीय आयल कर्पोरेशन र सम्बन्धित निकाय र नेपाल बिधुत प्राधिकरण, सडक बिभाग, स्थानीय बासिन्दा र अन्य सरोकार निकायको सहयोग र तत्परताले गर्दा कामले गति लिएको र तोकिएको समय भन्दा छिटो सकिने सम्भब भएको उनले बताए ।
पाइपलाइन आयोजना सम्पन्न भएपछि नेपालले ढुवानीमा गर्दै आएको ठूलो खर्चको कटौती हुने छ। अहिले वार्षिक करिब एक अर्ब रुपैयाँ पेट्रोलियम पदार्थ ढुवानीमा खर्च भइरहेको छ।
उनका अनुसार पाइपलाइनबाट प्रति घण्टा झन्डै तीन लाख ५० हजार लिटर तेल आपूर्ति हुनेछ ।
भारतले ेट्रोलियम पदार्थको आपुर्ती तथा वितरणका लागि झन्डै १४ हजार किलोमिटर पाइपलाइन निर्माण गरिसकेको र त्यतिकै हाराहारीमा नयाँ परियोजनाहरु बन्ने क्रममा रहेको छ ।