काठमाडौं: कृषि विकास बैंकले आउँदो चैत १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभामा सर्वसाधारण सेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र १५.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव पेश हुनेछ।
यस्तै बैंकले नेपाल सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिनेछ । साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ छ । कृषिको प्रतिसेयर आम्दानी २८ रुपैयाँ २५ पैसा छ ।