काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो सात महिना बितिसक्दा पनि पूँजीगत खर्चले गति लिन सकेको छैन । बिकासको मेरुदण्ड मानिएको पूँजीगत खर्चले गति लिननसक्नु चिन्ताको बिषय भएको अर्थविदहरु बताउछन् ।
आर्थिक वर्ष २०७५ /७६ को पहिलो सात महिनामा जम्मा २२ दशमलब ५० प्रतिशत पूँजीगत बजेट खर्च भएको छ । समीक्षा अवधिमा कूल पूँजीगत बजेट बिनियोजन तीन खर्ब १३ अर्ब ९९ करोड मध्ये ७० अर्ब ६६ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
समीक्षा आवधिमा चालू खर्च विनियोजनको ४१ दशमलब ५३ प्रतिशत र बित्तिय ब्यबस्थान तर्फ़ २० दशमलब ६४ प्रतिशत खर्च भएको छ ।
समीक्षा अवधिमा चालू खर्च बिनियोजन ८ खर्ब ४५ अर्ब मध्ये तीन खर्ब ५१ अर्ब खर्च भएको छ भने बित्तिय ब्यबस्थान तर्फ़ १ खर्ब ५५ अर्ब मध्ये हालसम्म ३२ अर्ब १३ करोड खर्च भएको छ ।
सरकारले बजेट खर्चलाई प्रभाकारी बनाउन समयमा बजेट ल्याय पनि काम गर्ने तरिकाका ब्यबस्थित गर्न नसक्दा पूँजी गत खर्च बढ्न नसकेको अर्थविद डा. चन्द्रमणि अधिकारीले बताए ।
उनले भने- परियोजनाको तयारी बिना बजेट निकाशा गर्नु र सम्बन्धित निकाय जिम्मेवार नहुनु नै विकासका परियोजना आगाडी नबढ्नु र परिणामत पूँजीगत खर्च कम हुनु हो ।