काठमाडौँ: पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृहमन्त्रालय स्रॉतका अनुसार पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर दुर्घटना भएको हो ।
दुर्घटना तेह्रथुमको चुहान डाँडा क्षेत्रमा भएको बताइएको छ। बुधबार विहान काठमाडौंबाट ताप्लेजुङको लागि उडेको एयर डाइनेस्टीको ९ एन एएमआइ कलसाइनको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो। हेलिकोप्टरसँग टुटेको सम्पर्क हालसम्म पनि स्थापित हुन सकेको छैन।
Facebook Comments Box