Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 13
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » चिकित्सकको हडतालले बिरामी अलपत्र !

    चिकित्सकको हडतालले बिरामी अलपत्र !

    पहिलोक्लिकपहिलोक्लिकApril 9, 2019No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं:एक्सरे गरेर हेर्दा आन्द्रामा गाँठो देखिएपछि शल्यक्रियाका लागि सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका ७० वर्षीय बलराम नेपाली काठमाडौैं आएका थिए। डाक्टरले शुक्रबारको समय दिएका थिए। तर शुक्रबारदेखि नै समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै अपरेसन गर्ने चिकित्सक हडतालमा उत्रिएपछि उनको शल्यक्रिया हुन सकेन।

     

    सिन्धुपाल्चोकबाट छोरासहित आएका बलराम सोमबार पनि वीर अस्पताल परिसरमा चिकित्सकहरू काममा फर्केर आउने समय कुरिरहेको भेटिए। शल्यक्रियाका लागि वीर अस्पताल धाउनु नेपाली बाबु–छोराको दिनचर्या बनेको छ। जटिल किसिमको रोग देखिएकाले जसरी भए पनि अपरेसन गरेर मात्र घर जाने भन्दै उनीहरू शुक्रबारदेखि हरेक दिन ३ बजेसम्म वीर अस्पतालको प्रतीक्षालयमा बसेर बेलुका आफन्तको शरणमा बास बस्न जाने गरिरहेका छन्। उपचार नगरी घर नफर्कने अठोटका साथ वीर अस्पताल धाइरहेका बाबु–छोरा डाक्टरको हडताल छिटै अन्त्य भए हुन्थ्यो भन्ने अपेक्षामा छन्। निजी अस्पतालमा उपचार गर्न आर्थिक हैसियत नभएकाले सरकारी अस्पतालको मुख ताक्नुपरेको उनीहरू बताउँछन्।

     

    जुम्ला सिञ्जाबाट घुँडाको उपचार गर्न काठमाडौं आएकी मुगा वडको पीडा पनि बलरामको भन्दा कम छैन। घुँडा दुख्ने समस्याले सताएपछि उनी उपचारका लागि पतिलाई लिएर काठमाडौं आएको सोमबार एक महिना नाघिसकेको छ। भक्तपुरको होटलमा बसेर वीर अस्पतालमा उपचार गराउन धाउँदा करिब दुई लाख खर्च भइसकेको उनले बताइन्। चिकित्सकले वडलाई एक महिनाको औषधि दिएको र औषधिले ठीक नभए एमआरआई गरेर हेर्नुपर्छ भनेका थिए।

     

    औषधिले कुनै सुधार नआएपछि डाक्टरले भनेको एक महिनापछि सोमबार एमआरआई गर्न वीर अस्पताल आउँदा अस्पतालले हडताल भएकाले हेर्न नमिल्ने भन्दै फिर्ता पठाएको थियो। बरु इन्डिया गएको भए दुई हप्तामै उपचार भइसक्थ्यो भन्दै आफ्नै देशमा सहज ढंगले उपचार नपाउनुको दोष सरकारले लिनुपर्ने वडको भनाइ छ। उनले सरकार र चिकित्सकबीचको खिचातानीले बिरामीले सास्ती भोग्नुपरेको गुनासो गरिन्।, यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    कहाँ छन् जेन-जी आन्दोलनमा सम्पर्कबिहीन भनिएका २० युवाहरु?, अभिभाकहरुद्वारा सार्वजनिक गर्न माग

    September 9, 2025

    आरजु राना देउवाको युलेन्स स्कुलमा आगजनी

    September 9, 2025

    कामीरिताले ३१ औं पटक सगरमाथा आरोहण गरेर राखे विश्व रेकर्ड

    May 27, 2025

    विद्युत् विधेयक सङ्घीय संसद्मा पेश गर्ने निर्णय

    August 29, 2023

    सभामुखले प्रमाणित गरे दुवै सदनबाट पारित बजेटसम्बन्धी विधेयक

    July 14, 2023

    शरणार्थी प्रकरणका फरार प्रतिवादी बुढाथोकी पक्राउ

    June 26, 2023
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.