काठमाडौं: लगानी बोर्डले नेपालमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजना सञ्चालन गर्न २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ ।
डोल्मा फन्ड म्यानेजमेन्टलाई २० करोड अमेरिकी डलरको वैदेशिक लगानी भित्र्याउन लगानी बोर्डले अनुमति दिएको हो । लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री के.पी ओलीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
साथै, बैठकले पश्चिम सेती जलविद्युत परियोजना शीघ्र कार्यान्वयनका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनसँग थप छलफल गरी दुई महिनाभित्र निष्कर्षमा पुगिने निर्णय गरिएको छ ।
अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग समन्वय गरी यो काम अघि बढाइने छ ।