काठमाडौं: देव विकास बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेर फरार रहेका बैंकका म्यानेजर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देव विकाश बैंक नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकी रहेका छन् ।
बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोगमा प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका म्यानेजर बुढाथोकीलाई बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
Facebook Comments Box