काठमाडौं : प्रभु इन्सुरेन्सले आर्थिक वर्ष २०७५(७६ को नाफाबाट १६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको हिजो बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यो संगै बिमा कम्पनीमा लाभांश घोषणा गर्ने पहिलो इन्सुरेन्स बनेको छ ।
नियामक निकाय र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
कम्पनीले ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ११ करोड ३७ लाख ७४ हजार ६०३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०७४(७५ को नाफाबाट भने लाभांश वितरण गरेको थिएन ।
हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ५३ लाख २९ हजार ८०० रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १० लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।