Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 25
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    पहिलोक्लिकपहिलोक्लिकNovember 24, 2026No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि उठाउँदै रणनीतिक, लगानीमा आधारित तथा उत्पादनमुखी आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताएका छन् ।

    नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजित ‘इन्डिया–नेपाल बिजनेस फोरम’ कार्यक्रममा धारणा राख्दै अध्यक्ष अग्रवालले नेपाल र भारत भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध, संस्कृति, विश्वास तथा साझा आर्थिक आकांक्षाले जोडिएका स्वाभाविक आर्थिक साझेदार रहेको बताए ।

    उनले नेपाल र भारतले एकअर्कालाई केवल बजारका रूपमा नभई उत्पादन, नवप्रवर्तन, लगानी, प्रविधि हस्तान्तरण र साझा समृद्धिका साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखे । दुई देशबीच लामो समयदेखि कायम आर्थिक सम्बन्धका बाबजुद व्यापार, लगानी र औद्योगिक सहकार्यका क्षेत्रमा पर्याप्त सम्भावना अझै उपयोग हुन नसकेको उनले उल्लेख गरे ।

    अग्रवालले नेपाल–भारत आर्थिक साझेदारीलाई थप प्रभावकारी बनाउन व्यापार सहजीकरण तथा बजार पहुँच, लगानी तथा औद्योगिक सहकार्य, ऊर्जा तथा कनेक्टिभिटी, प्रविधि तथा डिजिटल अर्थतन्त्र र पर्यटन, कृषि एवं साना तथा मझौला उद्यमलाई प्राथमिकताका क्षेत्रका रूपमा प्रस्तुत गरे ।

    उनका अनुसार नेपाल र भारतबीचको व्यापारलाई सहज बनाउन गैरभन्सार अवरोध न्यूनीकरण, भन्सार प्रक्रियाको सरलीकरण, सीमावर्ती नाकामा हुने ढिलाइको समाधान, मापदण्डको सामञ्जस्यता तथा व्यापार नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता आवश्यक छ । सीमापार व्यापारलाई समय, लागत र प्रतिस्पर्धात्मक क्षमताका हिसाबले प्रभावकारी बनाउनु दुवै देशको साझा प्राथमिकता हुनुपर्ने उनले बताए ।

    नेपालमा जलविद्युत्, कृषि, उत्पादनमूलक उद्योग, सूचना प्रविधि, पूर्वाधार, स्वास्थ्य सेवा तथा खनिजमा आधारित उद्योगलगायत क्षेत्रमा लगानीका सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानीकर्ताले संयुक्त लगानी, प्रविधि हस्तान्तरण, मूल्य शृंखला एकीकरण तथा दीर्घकालीन पूँजी लगानीमार्फत नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने अग्रवालले बताए ।

    ऊर्जा सहकार्यलाई द्विपक्षीय आर्थिक सम्बन्धको महत्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिँदै उनले विद्युत् व्यापार विस्तार, सीमापार प्रसारण पूर्वाधार विकास तथा ऊर्जा उपयोग गर्ने उद्योगहरूमा लगानी प्रवद्र्धन गर्नुपर्ने धारणा राखे ।

    त्यस्तै, डिजिटल अर्थतन्त्र र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न कृत्रिम बुद्धिमत्ता (एआई), फिनटेक, डिजिटल भुक्तानी, सूचना प्रविधि स्टार्टअप, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानलाई द्विपक्षीय साझेदारीको हिस्सा बनाउनुपर्ने उनले बताए ।

    पर्यटन, कृषि आधुनिकीकरण, खाद्य प्रशोधन तथा सूक्ष्म, साना र मझौला उद्यमबीचको सम्बन्ध सुदृढीकरणमा पनि नेपाल–भारत सहकार्यको ठूलो सम्भावना रहेको अग्रवालको भनाइ थियो । एकीकृत पर्यटन मार्ग, सीमापार पर्यटन लगानी, कृषि उत्पादनको आधुनिकीकरण र खाद्य प्रशोधन उद्योगको विकासले रोजगारी सिर्जना तथा समावेशी आर्थिक वृद्धि प्रवद्र्धन गर्न सक्ने उनले उल्लेख गरे ।

    निजी क्षेत्रका प्रतिनिधिका रूपमा संवाद र घोषणामा मात्रै सीमित नभई ठोस साझेदारी, मापनयोग्य उपलब्धि तथा कार्यान्वयनयोग्य प्रतिबद्धतामा जोड दिनुपर्ने अध्यक्ष अग्रवालले बताए । यस्तो साझेदारीले दुवै देशका युवाका लागि रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने, महिला नेतृत्वका उद्यमलाई सशक्त बनाउने तथा साना र मझौला व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य राख्नुपर्ने उनले धारणा राखे ।

    नेपाल र भारतको आर्थिक भविष्य एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै अग्रवालले सरकार, निजी क्षेत्र, लगानीकर्ता तथा व्यावसायिक संस्थाबीच निरन्तर सहकार्य, विश्वास र साझा प्रयासबाट द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास व्यक्त गरे ।
    प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणका अवसरमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.