काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ ।
हिजो आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि अस्पताल लाने क्रममा भट्टराईको मृत्यु भएको हो ।
उनको निधनको कारण भने अझै खुलेको छैन ।
निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि उनी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए ।
उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौं चलचित्रमा अभिनयसमेत गरेका छन् ।