ललितपुर ः ललितपुरको ज्वागल १० पुल्चोकस्थित एक घरमा ग्याँस सिलिण्डर पड्कीएर आगलागी भएको छ ।
आज दिउँसो साढे २ बजे लक्ष्मी शाहीको घरमा भाँडामा बस्ने शान्ता परियारको कोठामा भएको ग्याँस सिलिण्डर पड्किएको हो ।
ललितपुर वारुणयन्त्रका राजकुमार ठकुरीका अनुसार सिलिण्डर पड्कीएर घर पुरै जलेको भएपनि मानवीय क्षति भने भएको छैन । यतिवेला आगो नियन्त्रणमा आइसकेको ठकुरीले जानकारी दिएका छन ।
कोठा पुरै जलेकाले त्यहाँका सामानहरु जलेको ठकुरीले बताए । यद्यपि आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
Facebook Comments Box