काठमाडौँ: सेनाको काठमाडौँको महाङकालस्थित भर्खरी निर्माण सम्पन्न भएर शुक्रबारबाट आंशिक रुपमा संचालनमा आएको त्रिचन्द्र मिलिटरी अस्पताल अन्तत: परिवर्तित संरचनाको स्वीकृति र भवन निर्माण सम्पन्न बिनाको प्रमाणपत्र बिनै संचालनमा आएको छ।
८९ वर्षीयअघिको पुरानो संरचनाभन्दा फरक नक्सा र ढांचामा उक्त नौं तले नयन भवन संचलानमा आएको हो । प्रधान सेनापाती राजेन्द्र क्षेत्रीले आज औपचारिक कार्यक्रमको उद्दघाटन गर्दै प्रथम चरणमा दन्त विभाग मात्रै उक्त अस्पतालमा सेवा आरम्भ गरेको सेनाले जनाएको छ ।
हाल श्री बिरेन्द्र अस्पताल, छाउनीमा अवस्थित उक्त दन्त विभाग अव भने त्रिचन्द्र मिलिटरी अस्पतालबाट संचालन हुनेछ, सेनाका सह प्रबक्ता तथा महासेनानी बिजय थापाले जानकारी दिए ।
प्रथम विश्व युद्धमा नेपाली सेनाले पाएको बीरगतिको सम्मान र घाइतेहरुको उपचारका लागि स्थापना गरिएको उक्त अस्पताल सेनाका बहाल वाला, उनका आश्रित परिवाजन र नेपाली सेनाकोको कल्याणगरी कोषका हिताधिकरीका लागि चिकित्षा सेवा उपलब्ध गराउंदै आएको छ ।
उक्त भवन २०७२ बैशाखको भूकम्पपछि भत्काएर बनाउन सुरु गरिएको थियो।
सेनाले उक्त भवन चिकित्सा सेवा बाहेक व्यापारिक प्रयोजनका लागि भन्दै यसअघि सेप्टेम्बर १०, २०१७ मा नै एक सार्वजनिक बोलपत्र आवहान गर्दै उक्त भवनमा अन्य क्षेत्र निजी तथा व्यापारिक क्रियाकलाप संचालन गर्ने जनाइसकेको छ ।
तीन लाख १५ हजार इस्क्वायर फीटमा क्षेत्रफल रहेको उक्त अस्पताल परिसर मध्ये, ३५,००० इस्क्वायर फीटको क्षेत्रफल भने अस्पतालका लागि छुट्याइएको छ भने बाँकी क्षेत्रफल व्यापारिक प्रयोजनका लागि प्रयोग हुने सेनाको वेवसाइट मै उल्लेख गरिएको छ ।
उक्त अस्पताल पूर्ण रुपमा संचालनमा आएपछि भने जनता, बहालवाला, भूतपुर्व तथा कल्याणकरी कोषका हिताधिकरीले सेवा प्राप्त गर्ने छन् भनेर पनि वेवसाइटमा उल्लेख गरिएको छ ।
४६९ बटा १० बेड घटाएर ४५९ मा कायम गरीएको उक्त अस्पताल जीर्ण भनेपछि सम्पूर्ण सेवाहरु बिरेन्द्र अस्पताल छाउनीमा सारिएको थियो ।
उक्त भवन निर्माणका लागि सेनाको कल्याण गरी कोषबाट दुई अर्व खर्चिएको छ । सेनाको उक्त कोषमा जुलाई १६, २०१७ को तथ्यांक अनुसार कोषमा झन्डै ३५ अर्व पैसा रहेको छ ।
९ तले भवनको नक्शा पास र भवन निर्माण सम्पन्नताको प्रमाणपत्र छैन
काठमाडौँ महानगरपालिकाले निर्माण सम्मपन्न भैसक्दा पनि उक्त भवनको परिवर्तित नक्सा पास र भवन निर्माण सम्पन्नताको प्रमाणपत्र सेनाले पाउन सकेको छैन ।
महानगर स्रोतका अनुसार अझै पनि उक्त भवनको परिवर्तित नक्सा पास सेनाले नलिएको बताए ।
महानगर पालिकाका भवन निर्माण इजाजत शाखाका प्रमख राम बाहदुर थापाका अनुसार हामीले पहिले पटक पटक सम्पर्ण गर्दा सम्पर्क आएनन अहिले भने भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र चाहियो भन्दै सेनाका अधिकारीहरु आइरहेका छन् ।
“भवन निर्माण सम्पन्नको प्रमाणपत्र भन्दा पहिले भवनको नक्शा पास र इजाजतको प्रमापत्र आवश्यक हुन्छ यो बिना त कुनै पनि हालतमा पहिले नै भवन निर्माण सम्पन्नताको काज कसरी दिन मिल्छ,” थापाले प्रश्न गरे ।
एकथरी सेनाका अधिकृतहरु भने सुरक्षाको कारण देखाउंदै सेनाले निर्माण गर्ने कुनै पनि भवन र संरचनाका लागि भवन निर्माण इजाजत आवश्यक नपर्ने तर्क गर्छन । खासगरी भीभीइपीका निवास जस्तै राष्ट्रपति, प्रधामन्त्री कार्यालय, सेना र प्रहरीका भवन निर्माणमा भवन इजाजत आवश्यक नपर्ने उनीहरु तर्क गर्छन।
सुरक्षा निकायका भवनको डिजाइन बाहिर ल्याउँदा सुरक्षा संबेदनशिलता र गोपनियता भंग हुने ठम्याई रहेको छ ।
उदाहरणका लागि हालै निर्माण गरिएको राष्ट्रपति भवन पनि सोहि प्रक्रियामा निर्माण भएको हो । तर राष्ट्रपति भवन निर्माण गर्ने बेला भने आवश्यक पर्ने केहि कागजात भने महानगरलाई उपलब्ध गराएको जनाएको छ। महानगरलाई आवशयक कागजात प्रदान गरिएपछि राष्ट्रपति भवनको भवन इजाजत प्रमाणपत्र र भवन निर्माण सम्पन्नता प्राप्त गरिसकेको छ ।
केही स्रोत तथा प्रमाण खोज पत्रकारीता अध्ययन केन्द्रबाट साभार

नापी कार्यालयमा रहेको अस्पतालको पुर्जा

सेनाले भवन भाडामा लगाउन ठेक्का आवहान गरेको सूचना