काठमाडौँ: उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बसिरहेकाे छ । उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौँको हलमा आकस्मिक बैठक बसिरहेकाे हो ।
बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका सीडीओसहित सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारहरुको समेत सहभागिता रहेकाे स्रोतले बतायो ।
लकडाउनले जनजीवन प्रभावित भएको बेला उद्योगी तथा व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसलहरु खोलेर सञ्चालन गरेका छन् ।
Facebook Comments Box