नेपालगञ्ज: लकडाउनकको समयअवधीको कर तिर्न नसक्ने हुँदा सो समयको कर खारेज गर्न माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघले विहिबारदेखि चरणवद्ध आन्दोलन शुरु गरेको छ ।
संघले सरकारले कर तिर्न थप गरेको समय पनि अपर्याप्त भएको बताउँदै लकडाउन खुलेको तीन महिनापछि मात्र कर तिर्न सक्ने जनाएको छ ।
सरकारको निर्णय खारेजी र निजीक्षेत्रलाई तत्काल सहुलियत घोषणा गर्न माग गर्दै संघले चरणबद्ध आन्दोलनको शुरुवात गरेको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
उनले करिब अढाई महिनादेखि व्यपार व्यवसाय गर्न नपाएका उद्योगी व्यवसायीलाई राहातका प्याकेज घोषणा गर्नु नर्पेमा समय सीमानैे तोकेर कर तिर्ने आदेश जारी गर्नु अतिनै निन्दनीय भएको बताए ।
आन्दोलनको क्रममा विहिबार संघको अगाडी र आ आफ्ना पसल उद्योग अगाडी प्लेकार्ड बोकेर व्यवसायीहरुले एक घण्टा मौन प्रदर्शन गरेका छन् । सामाजिक दुरीको पालना गर्दै उनिहरुले प्रदर्शन गरेका हुन् ।
बुधवार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएर संघले आफ्नो मागका बारेमा जानकारी गराउँदै आन्दोलनको घोषणा गरेको थियोे ।
संघले आफ्ना माग कार्यान्वयन गराउन घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्र्तगत बिहिवार बिहान ९ बजे देखि १० बजे सम्म उद्योगी, व्यवसायीहरुले कर तिर्न नसक्ने ब्यहोरा सहितका प्लेकार्ड राखेर आ–आफ्नो प्रतिष्ठान वा घरबाटै बिरोध प्रदर्शन गरेको संघका महासचिव चिरञ्जीवी ओलीले बताउनु भयो ।
त्यसपछि उद्योगी, व्यवसायीसँग छलफल गरी आवश्यक रणनीति तय गर्ने निर्णय भएको उनले बताए ।