काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । बैठकमा ५ जना नेताहरुले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।
बुधबारको बैठकमा स्थायी समिति सदस्यहरु लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।
नेकपाका प्रबक्ता एबम स्थायी समिति सदस्य नारायण काजि श्रेष्ठका अनुसार बैठकको आज पाचाैं दिन भिन्न कार्यसूचिमा नै केन्द्रित भई संचालन स्थगित भयो ।
बैठकमा १. मदन जयन्तीका अवसरमा असार १४ गते सम्माननीय प्रधानमन्त्रीले राख्नुभएका विचार, सरकार हटाउन भारत सक्रिय रहेकाे, त्यसमा पार्टीका नेताहरूकाे संलग्नता रहेकाे र २. दुई दिनअघि निर्वाचन अायाेगमा दर्ताकाे लागि अावेदन परेकाे भनिएकाे नेकपा(एमाले) काे सम्बन्धमा छलफलमा सदस्यहरूले भाग लिनुभएकाे छ ।
यस विषयमा याेगेश भट्टराई, लीलामणि पाेखरेल,मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र अामन्त्रित सदस्य पेशलकुमार खतिवडा गरी ५ जनाले आअाफ्ना धारणा राख्नुभएकाे छ ।
अर्काे बैठक भाेलि असार १८ गते ११ बजे पुन: बस्ने भएकाे छ ।