काठमाडौं: काठमाडौं उपत्यकामा सोमबार ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइए अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा तीन र भक्तपुरमा पांच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु कुन ठाउँका हुन् भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलाएको छैन ।
Facebook Comments Box