काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभा र चुनाबको मोडालिटी तय गर्न ६ सदस्यीय समिति गठन गरेको छ। बुधबार भएको कार्यसमिति बैठकले यो समिति बनाउने निर्णय गरेको हो।
कोरोना संक्रमणका कारण साधारणसभा पटकपटक स्थगित भएको छ। समितिमा कार्यकारिणी सदस्यहरु रञ्जित आचार्य, अरुण सुमार्गी, भरत आचार्य, डीबी बस्नेत, बिनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ छन्। यो समितिले १५ दिनभित्र साधारणसभा र चुनाबको मोडालिटी तयार पार्नेछ। त्यो मोडालिटीलाई कार्य समितिले पारित गरेर सरकारलाई स्वीकृतीका लागि पठाउने निर्णय भएको महासंघ स्रोतले जानकारी दिएको छ ।।
स्रोतका अनुसार कोरोना संक्रमण रहिरहने अवस्था देखिएपछि साधारणसभामा कम सहभागिता गराउने र चुनाब समेत विद्युतीय मतदानमा जान दबाब परेको छ। कोरोना संक्रमणको बेला साधारणसभा र चुनाब गराउने विषयमा पक्ष/विपक्ष देखिएको थियो।