काठमाडौँ: एक पछि अर्को गर्दै ३३ किलो सुन तस्करी काण्ड र सनम हत्या छानबिन गर्न बनेको सरकारी समितिले बुधबार छ वटा बजेका सेकुवाका शाखा कार्यालयहरुमा संयुक्त रुपमा छापा मारको छ । छापा पछि पसलहरुमा सिल गरिएका छन् ।
इश्वोर राज पौडेल नेतृत्वको टोलीले यस काण्डमा मुछिएका प्रतिवादी चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको हो ।
नक्साल, गैरीधारास्थित शाखामा समितिले छापा मारेको हो। गत चैतमा सुन तस्करीकाे अनुसन्धान समितिले काम थालेपछि भण्डारी हालसम्म फरार छन्।
सरकारी अधिकारीहरुले संगठित अपराध निवारण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवा कर्नरमा छापा मारेको समितिका एक सदस्यले जानकारी दिए। समितीले प्रतिवादी भण्डारीको पूर्ण स्वामित्वमा रहेका ५ र उनका नातेदार सञ्चालक रहेको १ गरी ललितपुर र काठमाडौंमा रहेका ६ स्थानमा छापा मारेर शिलबन्दी गरेको हो।
ऐनअनुसार संगठित अपराधका आरोपीले अपराध गरेर कमाएको घन शुद्धीकरणका लागि व्यवसायमा मिसाएको हुनसक्ने आशंकामा छानबिनको अधिकार दिएको छ।
बुवा दिनानाथ भण्डारीले बाजेको सेकुवा ब्रान्डलाइ लोप्रिय बनाएका थिए। सुन तस्करमीमा मुछिएका चेतनाथ उनका अाफ्नै छाेरा हुन्। विदेशमा पढेर फर्किएपछि चेतनाथले बुवाकाे व्यवसाय सम्हालेका थिए। सेकुवाको अमेरिकाको न्यु योर्कमा पनि अप्रिल १६, २०१८ बात संचालनमा आएको छ ।
सुन तस्करीमा संलग्न भएको पाइएपछि समितिले भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का गरिसकेको छ। सुन तस्करी गिरोहका नाइके चुणामणि उप्रेतीमार्फत भन्डारीले लगानी गरेको अनुसन्धानबाट खुलेको थियो। उप्रेती र भण्डारी नातेदार पनि हुन्।