काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट शनिबार १२ जनाको मृत्यु भएको भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ ।
यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
Facebook Comments Box