काठमाडौं: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
शिक्षण अस्पताल स्रोतका अनुसार ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो ।
थपलियाका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् । सुगर प्रेसरले पीडित दीर्घरोग भएका ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए ।
त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो । डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन् । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो ।
Facebook Comments Box