काठमाडौँ: नेपाल इन्भेष्टमेण्ट बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि निवेदन दिएको छ ।
दीर्घकालीन अवधिको लागि स्रोत परिचालन गर्ने उदेश्यका साथ बैंकले ऋणपत्र निष्काशन गर्नको लागि बैंकले असोज ५ गते निवेदन दिएको हो ।
बैंकले चार अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । बैंकले निष्काशन गर्ने ४० लाख कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।
बैंकले निष्काशन गर्ने ७ वर्ष अवधिको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले ८ दशमलवम ५ प्रतिशत ब्याजदर पाउनेछन् ।
बैंकको बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।