काठमाडौँ: शेयर बजार परिसूचक नेप्से सोमबारसम्म लगातार आठ दिन बढेको छ । दिनदिनैको वृद्धिसँगै हरेक दिन नयाँ ऐतिहासिक उचाईमा चढ्दै आएको नेप्से पछिल्लो ८ दिनमा १६६.८३ अंकले बढेको हो ।
यसअघि पुस २१ गते मंगलबार ३.५४ अंकले घटेर २१६५.४९ बिन्दुमा बन्द भएको नेप्से माघ ५ गते आइपुग्दा २३३२.३२ अंकमा पुगेको हो । सोमबार मात्रै नेप्सेमा दोहोरो अंक अर्थात १७.३१ अंकको वृद्धि देखिएको छ ।
सोमबार २०७ कम्पनीका १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर ५१ ह्जार ८१३ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६६ रुपैयाँ पुगेको छ । यससँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण ३१ खर्ब ४१ अर्ब ८१ करोड १३ लाख रुपैयाँ पुगेको छ भने फ्लोट मार्केट क्यापिटललाइजेसन १० खर्ब ८४ अर्ब ७८ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।
आज कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये ब्यापार६.५८ र होटलको सूचक ५.८२ प्रतिशतले वृद्धि भएको छ । विकास बैंक, वित्त र लघुवित्तको सूचक पनि २ प्रतिशत धेरैले बढेका छन् ।