काठमाडौँ: साताको शुरुवातिदेखि नोक्सान ब्योहोरेका पूँजी बजारका लगानीकर्तालाई आज मंगलबार पनि शुखद रहन सकेन । आज नेप्से परिचूचकसंगै कारोवारमा पनि भारी गिरावट आउँदा उनीहरु थप निराश भएका हुन् ।
आज नेप्से ४ दशमलब १८ अंकले घटेर एक हजार १८३ दशमलब ८९ अंकमा कायम झरेको छ । सोमबार नेप्से ८ दशमलब २२ अंकले घटेको थियो ।
आजको कारोबारमा सबैभन्दा बढी उत्पादन समूहको परिसूचक २२ दशमलब ८५ अंक, लघुवित्त १० दशमलब ३३ अंक, होटल ८ दशमलब ७६ अंक र बाणिज्य बैंक ५ दशमलब ४१ अंकले घटेका छन् ।
त्यसैगरी, विकास बैंक ३ दशमलब १८ अंक, बित्त २ दशमलब ९४ अँ र जीवन बीमा शुन्य दशमलब ५१ अंकल घटेका छन् ।
यधपी, निर्जीवन बीमा ४ दशमलब ४७ अंक, ब्यापार २ दशमलब ९५ अंक, अन्य १ दशमलब ४१ अंक र जलबिधुत शुन्य दशमलब ५६ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ३ हजार २२४ कारोबारबाट १७ करोड ९५ लाख ५८ हजार ९३० रुपैयाँ बराबरका ६ लाख ७० हजार १७३ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
सोमबार नेप्सेमा १६० कम्पनीहरुको ३ हजार ६२८ कारोवारबाट २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँ बराबरका ६ लाख ३ हजार १०२ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।