काठमाडौँ:साताको अन्तिम दिन बिहिबार पनि नेप्सेमा पहिरो गएको छ । सेयर बजार परिसूचक ३ दशमलब ९२ अंकले घटेर एक हजार १७८ दशमलब ५० अंकमा झरेको छ
सोमबार नेप्से ८ दशमलब २२ अंक, मंगलबार ४ दशमलब १८ अंकले र बुधबार १ दशमलब ४७ अंकले घटेको थियो ।
यसरी दिन प्रतिदिन सेयर बजार परिसूचक तथा कारोबार खुम्चिदा पूँजी बजारका लगानीकर्ता निराश भएका छन् ।
आजको कारोबारमा सबैभन्दा बढी उत्पादन मूलक समूहको परिसूचक ५४ दशमलब ६७ अंक, जीवन बीमा समूहको परिसूचक ३८ दशमलब ६४ अंक र निर्जिबन बीमा २७ दशमलब ५५ अंकले घटेका छन् ।
त्यसैगरी, बाणिज्य बैंक ३ दशमलब ५३ अंक, होटल २ दशमलब ३६ अंक, जलबिधुत १४ दशमलब ६२ अंकले घटेका छन् ।
यधपी, अन्य ५ दशमलब ०७ अंक र विकास बैंक शुन्य दशमलब १८ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ३ हजार ५०२ कारोबारबाट २७ करोड ७३ लाख ८ हजार २६६ रुपैयाँ बराबरका १० लाख २० हजार ५९५ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
बुधबार नेप्सेमा १५३ कम्पनीहरुको २ हजार ४५६ कारोबारबाट १६ करोड ९२ लाख ९७ हजार ६१५ रुपैयाँ बराबरका ६ लाख ६३ हजार ३९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।