काठमाडौँ: कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।
श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराएका छन्।
‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले भनेका छन्। साथै उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गरेका छन्।
Facebook Comments Box