काठमाडौँ: मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ । अहिले देशका विभिन्न स्थानमा स्थानमा वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो वाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ ।
यो क्रम बिहीबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
‘धेरै भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ,’ महाशाखाले बिहान जारी गरेको सूचनामा उल्लेख छ ।