काठमाडौं,
बाँके जिल्लाको कोहलपुर नगरपालिका १० स्थित डुडुवा खोलामा नुहाउने क्रममा बेपत्ता भएका तीन जनाको शव सशस्त्र प्रहरीले असार ६ गते फेला पारेको छ ।
सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ११ बस्ने १८ वर्षिय रसिद जरगर, १६ वर्षिय अरिव जरगर र १७ बर्षिय खरमान जरगर नुहाउने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएको बताईएको छ ।
उक्त घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनीहरुको शव पानीबाट बाहिर निकालेको हो । यसैगरी दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका १ सिमलटार स्थित सिचाईको
लागि बनाईएको पानीको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले असार ७ गते फेला पारेको छ ।
सोही ठाउँ बस्ने ३१ वर्षिय लालबहादुर विष्ट उक्त ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणबाट खटिएको गोताखोर सहितको सशस्त्र प्रहरीले घटनास्थल नजिकै पानीमा डुवेको अवस्थामा उनको शव फेला पारेको हो ।